समाचार

काँग्रेस बैठक दिउँसो, सभापति देउवाले पौडेल पक्षलाई पेलेरै लाने दिए संकेत

काठमाडौ । काँग्रेस केन्द्रीय समिति बैठक दिउँसो १.०० बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ । महाधिवेशनको कार्यतालीका सार्बजनिक गर्न माग गर्दै अघिल्लो बैठक बहिस्कार गरेका बरिष्ठ नेता रामचन्द्र पौडेल पाथीभरा माताको दर्शन गर्न ताप्लेजुंग गएका छन् । उनी ताप्लेजुंग गएका भएपनि सभापति शेरबहादुर देउवाले बैठक स्थगन गरेका छैनन् ।
सभापति देउवा र उपसभापति बिमलेन्द्र निधि बैठक बहिस्कार गरेका बरिष्ठ नेता पौडेललाई असमझदारी हटाउन पौडेल निवास बोहोराटार गएपनि पौडेल देउपा पक्षसंग कार्यतालीकाबिषयमा कुरा गर्ने कुरामा असहत रहेको बताउँदै सहमत भएका थिएनन् । पार्टीभित्र स्पष्ट बहुमत भएका सभापति देउवाले पौडेल पक्षलाई पेलेरै लाने संकेत देखिएको छ भने पौडेल पक्षले पनि आफ्ना पक्षका नेताहरुसंग आन्तरिक छलफल गरिरहेको छ । रामचन्द्र पौडेल पक्षलाई आफ्नो पल्ला भारी बनाउनमा सहमती नजनाए देउवा पक्षले पेलेर जाने संकेत देखिएको छ ।

पौडेल पक्षपनि सभापति देउवाले पेलेमा चुपलागेर बस्ने अवस्था नभएपनि के गर्ने भन्ने कुरामा भने अनिर्णय देखिएको छ ।