पु.समाचार

सिन्धुपाल्चोक बस दुर्घटना (अपडेट) मृतकको संख्या १३ पुग्योः उद्दारकार्य जारी

काठमाडौं । सिन्धुपाल्चोकमा भएको बस दुर्घटनमा परि मृत्यु हुनेको संख्या बढेको छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना परि मृत्यु भएकाहरु १३ जनाको सव प्रहरीले निकालेको छ ।

साथै प्रहरी घटनास्थलमा खटिएको र उद्दारकार्य जारी रहेको रहेकाले मृतकको संख्या अँझै बढ्न सक्ने बताईएको छ । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस  (आइतबार) आज बिहान ८ः१५ बजे दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य १७ जना घाईत भएको बताईएको छ । घाइतेहरुलाई खाडीचौर, धुलिखेल लगायत अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस (आइतबार) आज बिहान ८ः१५ बजे दुर्घटना भएको प्रहरीको भनई छ ।

सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो ।

गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।