समाचार

दुई छुट्टा–छुट्टै स्थानमा दुईको मृत्यु

पर्वत । पर्वतको फलेवास नगरपालिका–७ चिर्दिखोलामा २६ वर्षीय युवक डिलबहादुर नेपाली मृतावस्थामा फेला परेका छन् ।

अत्याधिक मादक पदार्थ सेवनका कारण नेपालीको मृत्यु भएको हुनसक्ने आशङ्का गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिउका छन् ।  बाजुरा– जिल्लास्थित बडिमालिका नगरपालिका–९ चौराटाका ३५ वर्षीय जङ्गबहादुर विष्ट ठुलीगाड नजिक मृत अवस्थामा भेटिएका छन् ।

प्रहरीले विष्टको मृत्युबारे अनुसन्धान जारी राखेको जनाएको छ । विष्ट मालिका नमूना माविमा कार्यरत थिए । आवश्यक अनुसन्धानपछि मात्र शव परीक्षण गर्नुपर्ने माग आफन्तले राखेका छन् ।

बँदेल आक्रमणबाट मृत्यु

सप्तरी– सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण गर्दा घाइते पारेको थियो ।

उनाको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्राले जानकारी दिए ।