पत्रपत्रिका

हिउँदे बर्षाले तराई भेगमा १ अर्बभन्दा बढीको काँचो ईँटा नष्ठ

भैरहवा । शुक्रबार परेको बेमौसमी पानीका कारण प्रदेश ५मा करोडौैं काचो ईटा नष्ट भएका छन् । प्रदेश नम्बर ५ ईटा उद्योग व्यवसायी संघ नेपालले शुक्रबार परेको पानीले रुपन्देहीसहित प्रदेश ५ मा रहेका २ सय ७ वटा ईटा उद्योगका अधिकांश काँचो ईटा नष्ट भएको जानकारी दिएको छ ।

प्रदेशका अध्यक्ष थानेश्वर घिमिरेले विज्ञप्ती नै जारी गर्दै प्रदेशमा रहेका ईटा उद्योगहरुमा पोल्नका लागि तयार गर्दै गरेको अवस्थामा राखिएको करिब ८६ करोड ६८ लाख मूल्य बराबरको ईटा नष्ट भएको बताएका छन् । प्रदेश नम्बर ५ ईटा उद्योग व्यवसायी संघको कार्य क्षेत्र नवलपरासी पश्चिममा २ करोड, नवलपरासी पूर्व २ करोड, रुपन्देही ३ करोड ५० लाख, कपिलवस्तु ३ करोड, दाङ २ करोड २५ लाख, बाके ३ करोड, बर्दिया २ करोड पचास लाख वटा ईटा नष्ट भएको संघले जनाएको छ ।

अधिकांश उद्योगले ईटा पोल्ने तयारी अवस्थामा राखेको १८ करोड २५ लाख भन्दा बढि ईटा अचानक आएको पानीले क्षति भएको छ । करोडौँको ईटा क्षति भएकोले ईटा व्यवासायी मर्कामा परेका छन् । यस अवस्थामा ईटा उद्योगहरुलाई धरायसी हुनबाट बचाउन नेपाल सरकार एवं प्रदेश सरकारसँग यस आर्थिक वर्षको माटो र भस्कटमा तिर्नुपर्ने रोयल्टीमा छुटको व्यवस्था गरिदिनका लागि विज्ञप्ती मार्फत अनुरोध गरिएको विज्ञप्तीमा उल्लेख छ ।

यस्तै लुम्बिनी ईटा उद्योग व्यसायी संघले पनि बेमौसमी बर्षाका कारण रुपन्देही जिल्ला अन्तर्गतका ५२ वटा ईटा उद्योगका ३ करोड ५० लाख बढि काचो ईटा क्षति भएको जनाएको छ। संघका महासचिव अजयकुमार गुप्ताले विज्ञप्ती मार्फत नयाँ ईटा उत्पादनका लागि तयारी अवस्थामा राखिएको १६ करोड ६२ लाख मूल्य बराबरको ईटा नोक्सान भई यस वर्ष ईटा उत्पादनमा कमि आउने र उत्पादन लागत बढ्ने हुँदा व्यवसायीहरु मर्कामा परेको विज्ञप्तीमा उल्लेख छ ।

देशभर परेको वेमौसमी बर्षाले शनिबार मर्कामा परेका ईटा व्यवसायीले पत्रकार सम्मेलन गरी लाखौँ लागत मूल्य बराबरको ईटा नष्ट हुँदा नयाँ ईटा उत्पादनको सिजन सुरु नहुदै भएको ठूलो नोक्सानीले आफूहरु मर्कामा परेको बताए । लुम्बिनी ईटा उद्योग व्यसायी संघका महासचिव गुप्ताले बिकास निर्माण क्षेत्रमा मेरुदण्डका रुपमा रहेका ईटा उद्योगहरुको संरक्षण गर्ने दायित्व सरकारको पनि छ यस्तो नेक्सानी हुँदा उत्पादनदेखि ईटा पोल्ने कामसमेत प्रभावित हुने भएकोले सरकारले व्यवसायीहरुको समस्या सम्बोधन गरिदिन आग्रह गरे ।

बेमौसमी बर्षाका कारण क्षति बेहोरेका ईटा उद्योगहरुको संरक्षणमा लागि ईटा व्यवसायी संघ निरन्तर लागि रहेकोकाले सरकारको तर्फबाट पनि सहयोगको अपेक्षा गरेको बताए। नोक्सानी भए पनि यसले हामी सबैलाई उत्पादनका लागि चुनौती दिएको छ । ईटा उद्योगका काँचा ईटाको विमाको व्यवस्था नहुँदा हरेक वर्ष हिउँदको समयमा हुने अनियमित बर्षातले करोडौं रुपैयाको क्षति पुर्‍याउने गरेको छ ।

खुल्ला आकाशमुनिको व्यवसायमा लाखौँ लगानी गरेर सञ्चालन भएका ईटा प्राकृतिक विपद्का कारण भिजेपछि उद्योगी आर्थिक संकटमा परेकोे संघका सदस्य दिपक पौडेलले बताए । सरकारले सबै क्षेत्रमा बैकिङ प्रणलीबाट बिमाको व्यवस्था जसरी गरेको छ त्यसरीनै ईटा उद्योगमा पनि बैकले लगानी गरेकोले ईटा उद्योगको बिमाका लागि कार्यविधि बनाई कार्यान्वयन गर्न माग गरे ।

रुपन्देहीमा २ सिजन गरी करिब ८ करोड ईटा उत्पादन हुँदै आएको छ भने छिमेकी जिल्लाबाट पनि सोही परिमाणमा ईटाहरु आउने गरेको छ। जिल्लाको माग ८ देखि १० करोड भए पनि अन्य ईटा रुपन्देहीबाट पनि पाल्पा, गुल्मी, अर्घाखाची, नवलपरासी लगायतका जिल्लामा जाने गरेका छन् ।

                                                                                                                       नागरिकबाट लिएको