खेलकुद

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा बार्सिलोना रियल सोसीडाडसँग २(२ गोलको बराबरीमा रोकिएको हो । सोसीडाडको मैदानमा एन्टोनी ग्रीजम्यान र लुइस स्वारेजले एक एक गोल गरेपनि बार्सिलोनाले जित निकाल्न सकेन ।

खेलको १२ औं मिनेटमा मिकेल ओयारजाबलले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ग्रीजम्यानले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । ४९ औं मिनेटमा स्वारेजले गोल गर्दै बार्सिलोनालाई २(१ को अग्रता दिलाए । तर, खेलको ६२ औं मिनेटमा एलेक्सजेन्डर इशाकले गोल गर्दै घरेलु टोलीलाई हारबाट जोगाए ।

यो बराबरीसँगै बार्सिलोनाले १६ खेलमा ३५ अंक जोडेको छ । र, बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोना एक खेल कम खेलेको रियल मड्रिड भन्दा १ अंकले अघि रहेको छ । रियलको ३४ अंक रहेको छ । सोसीडाड १७ खेलबाट २८ अंक जोडेर लिगको चौंथो स्थानमा उक्लिएको छ ।