समाचार

कुटपिटबाट ५२ वर्षीय कुमाल मृत्यु

दमौली, २८ मङ्सिर । तनहुँको भानु नगरपालिका–८ बलीफाँटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ राइनास नगरपालिका–५ का ५२ वर्षीय राजकुमार कुमाल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

स्थानीय कल्याणी मिश्रलाई हातपात गर्न खोजेपछि प्रतिरक्षामा मिश्रले कुमाललाई कुटपिट गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटबाट घाइते भएका कुमाललाई उपचारका लागि स्थानीय मेडिकलमा लगिएपनि स्वास्थ्यकर्मीले उनको मृत्यु भएको बताएका थिए ।

पीडित परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भानु नगरपालिका–८ का कल्याणी मिश्रलाई पक्राउ गरेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।