राजनीति

काँग्रेस बिबादः देउवा र पौडेललाई मिलाउन निधि र सिंह देखिए सक्रिय

काठमाडौं । १४ औं महाधिवेशनको तयारीमा रहेका नेपाली कांग्रेस पछिल्लो समय सहमति जुट्न नसक्दा विवादमा छ । यस क्रममा आज शनिबार बिहान १० बजे मात्र पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि वरिष्ठ नेता रामचन्द्र पौडेलका निवासमा पुगेका थिए । त्यस भेटघाटमा पार्टीको महाधिवेशनको विषयमा र पार्टीमा देखिएका विवाद समाधानको विषयमा छलफल गरेका थिए । छलफल गरेपनि सहमति भएको थिएन । त्यसपछि निधिले पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई भेटेका छन् ।

सभापति देउवा र निधिले पौडेललाई भेटि सकेपछि आज शनिवार अपरान्ह ४ बजे निधि सिंहलाई भेट्न सिंहको निवास चाक्सीबारीमा पुगेका हुन् । उनीहरुवीच ४ बजे देखि छलफल भइराखेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सभापति देउवाले उपसभापति निधि र पौडेलले सिंहलाई विवाद खोज्ने जिम्मेवारी दिएपछि उनीहरू छलफलमा जुटेका हुन् ।