आर्थिक

सहकारीको ११ औँ वार्षिक साधारणसभा: अञ्जलीको खुद नाफा ३२ लाख

काठमाडौं । नागार्जुन नगरपालिका–४ सीतापाइलास्थित अञ्जली बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा रु ३२ लाख ४८ हजार ८७८ खुद नाफा आर्जन गरेको छ । सो सहकारीले आव २०७४/०७५ मा रु २० लाख ६४ हजार ९०८ खुद नाफा आर्जन गरेको थियो ।

गत आवमा कूल रु एक करोड ८७ लाख ३१ हजार ९० आम्दानी गरेको सहकारीले रु एक करोड ५४ लाख ८२ हजार १०१ खर्च गरेको थियो । अञ्जलीले आर्थिक वर्ष २०७५/०७६ मा शेयरपूँजी रु १२ लाख ४६ हजार ४४६ ले वृद्धि गरी रु एक करोड १९ लाख ८९ हजार पु¥याएको आज यहाँ आयोजित सहकारीको ११ औँ वार्षिक साधारणसभामा सो जानकारी दिएको हो ।

सो सहकारीले गत आवमा कुल २१ करोड ५४ लाख ८२ हजार ५७२ रुपैयाँ आठ पैसा निक्षेप सङ्कलन र १५ करोड २६ लाख चार हजार ५१६ रुपैयाँ ९० पैसा कर्जा प्रवाह गरेको छ । शेयर पूँजीको १५ प्रतिशत रकम लाभांश वितरण गरिने सहकारीले जनाएको छ । शेयरधनीलाई नगद लाभांश वितरण गर्न शेयर लाभांश कोषमा १८ लाख ५१ हजार ९२२ रुपैयाँ ६६ पैसा छुट्याइएको छ ।

सहकारीले शेयर सदस्यलाई आर्थिक सुरक्षा प्रदान गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । मातृशिशु कल्याण कोषअन्तर्गत महिला सदस्यले रु पाँच हजार (दुई पटकका लागि) र ज्येष्ठ नागरिकलाई अस्पताल भर्ना भई उपचार गर्नुपरेमा उपचार खर्चबापत रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । त्यस्तै शेयर सदस्यको निधन भएमा किरिया खर्चबापत रु १० हजार प्रदान हुँदै आएको छ ।