स्वास्थ्य

मेडिकल व्यवसायीको अजोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । आप्रवासी कामदार दिवस, २०१९ को सन्दर्भ पारेर नेपाल मेडिकल व्यवसायी सङ्घले आज माछापोखरीमा आयोजना गरेको स्वास्थ्य शिविरबाट झण्डै २९५ ले स्वास्थ्य सेवा लिएका छन् ।

शिविरमा आएका व्यक्तिको रगत, रक्तचापलगायत परीक्षण गरी विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको सङ्घका उपाध्यक्ष विश्व शेरचनले जानकारी दिनुभयो । स्वस्थ्य शिविरको राष्ट्रियसभा सदस्य उदया शर्माले उद्घाटन गर्नुभएको थियो । स्वास्थ्य परीक्षणका क्रममा वैदेशिक रोजगारी वा स्वदेशमै भए पनि स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा परामर्श दिइएको थियो ।

आप्रवासी कामदार दिवस– २०१९ को सन्दर्भ पारेर विश्वभर प्रवासी कामदाको हकहितका विषयमा विविध कार्यक्रम गरिँदैछ । नेपालमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अगुवाइमा सरोकारवालाका सहभागितामा सुरक्षित आप्रवासनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घीय महासभाले आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि, १९९० पारित गरेको दिनको स्मरणमा प्रत्येक वर्ष डिसेम्बर २ का दिन आप्रवासी कामदार दिवस मनाउने गरिन्छ ।

आप्रवासी कामदार सप्ताहको अवसर पारेर आज नेपाल स्वास्थ्य व्यवसायी सङ्घले काठमाडौँको माछापोखरीमा स्वेदश तथा विदेशमा रहँदा स्वस्थ्य जीवनयापन गर्न अवलम्बन गर्नुपर्ने तरिकाबारे जानकारी दिँदै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।