प्रदेश 1

डा केसीलाई काँग्रेस मेयर राइको धरानमा स्वागत, राईले जनताको मन जित्ने केसीको विश्वास

धरान । राजनीतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले धरान आएर नवनिर्वाचित मेयर तिलक राईलाई राजनैतिक आग्रह पुर्वाग्रह नराखी जनअपेक्षित काम आग्रह गर्दै कार्यकालको सफलताका लागि शुभकामना ब्यक्त गरेका छन । धरान –८ का मतदाता बिच धन्यबाद ज्ञापनका लागि घरदैलोमा रहेका मेयर तिलक राईलाई भेट्न डा. केसी घर दैलोमै पुगेका थिए ।

कम्युनिष्टको गढमा पहिलो पटक नेपाली कांग्रेसका उम्मेदवारको रुपमा बिजयी भएका राईलाई बधाई तथा शुभकामना दिन शनिवार काठमाडौंबाट धरान आएका डाक्टर केसीले देशभर तिलक राईको चर्चाभएका सुनेर आफुलाई तिलक कस्ता ब्यक्ति रहेछन भनेर कौतुहलता जागेर प्रत्यक्ष भेट्न धरान आएको बताए । उनले मेयर पद साझा पद भएकाले राजनैतिक दलका आधारमा पक्षपात नगरी नगरबासीको हितका कार्य गर्न राईलाई सल्लाह समेत दिए ।

डाक्टर केसीलाई धन्यवाद दिदै मेयर राईले जनतामाझ सेवकको रुपमाकार्य गर्ने बताउदै धरानको विकासमा राजनितीनगर्ने र गर्न पनीनदिने बताए । उनले बिकास निर्माणको कामजनतासंग मिमिजुलि कामगर्ने बताउदै स्थानिय सरकारमा पक्ष बिपक्ष नहुने बताए ।
मंसिर १४ गते सम्पन उपनिर्वाचन बाट धरानको मेयरमा निर्वाचित भएपछि परिवर्तनको पक्षधर राई बिजयी उत्सवको रुपमा मतदातामाझ धन्यवाद ज्ञापन गर्न धरदैलोमा ब्यस्त छन् । ३० गते सम्मरहेको धन्यवाद कार्यक्रममा राई टोल टोलमा घर घरमा पुगि रहेका छन् ।