सामाजिक सञ्जाल

रेखा थापाको व्यंग्य: डा भट्टराईलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो !

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईप्रति नायिका रेखा थापाले एक स्टाटस लेख्दै व्यंग्य गरेकी छन् चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले नेताको खोजी गर्दै ‘द लिडर यो राष्ट्रको सेवक’ कार्यक्रम चलाउने भए पछी निर्णायक मण्डलमा पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधीश सुशील कार्की र साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहेका छन् ।

डा. भट्टराईलाई व्यंग्य गर्दै नायिका थापाले लेख्छिन्, “बाबुराम भट्टराईलाई ड्राइभिङ सिकाउने मेसो गर्नु पर्‍यो, सधैं सहायक हुने आदत परेको छ । यत्तिको बुद्दिभाका मान्छे आँफै पनि केही गरे हुने, नभए नेकपामा सम्मानित भएर बस्दा कसो हुदो हो ?”