पु.समाचार

बरिष्ठ नेता पौडेल सपरिवार पाथिभरा माताको दर्शन गर्न जाने, राजनीतिक रुपमा अर्थपूर्ण !

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आज बिराटनगर जाने भएका छन् । मंसिर २९ गते पाथीभरा देविको दर्शन गर्न त्यसतर्फ जाने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ।

साथमा बरिष्ठ नेता पौडेल स परिवार (छोरा चिन्तन र बुहारी)का साथ अपरान्ह ४ः३० बजे विराटनगर पुग्ने कार्यक्रम छ । पौडेलको नितान्त पारिवारिक भ्रमण भनिएपनि काँग्रेसको उद्गम स्थान कोईराला निवासमा हुने आजको बसाईले मोरगं र आसपासमा उपस्थित नेता कार्यकर्तासँग अनौपचारिक भेटघाट हुने बताईएको छ ।

आईतबार नै विहान विराटनगरबाट ताप्लेजुङ हुँदै पाथीभरा देवि दर्शन गरि विराटनगरहुँदै काठमाडौं फर्कने कार्यक्रम छ । मुलुक धर्मनिरपेक्षमा गईसकेका बेला काँग्रेसजस्तो मुलुकको जेठो र महत्वपूर्ण लोकतान्त्रीक पार्टीका बरिष्ठ नेता पाथीभरा माताको दर्शन गर्न जानुले राजनीतिक रुपमा पनि अर्थपूर्ण भूमिका खेल्न सक्ने अनुमान बिश्लेशकहरुले लगाएका छन् । संबिधानमा धर्मनिरपेक्ष भनेपनि हिन्दू धर्म राख्नुपर्छ भन्ने बहस अहिले पनि चलिरहेका बेला भ्रमण महत्वपूर्ण देखिन्छ ।