विचार/ब्लग

जबसम्म भ्रष्ट नेताहरु रहिरहन्छन्, तबसम्म हाम्रो देशले विकासको गति लिन सक्दैन !

राम मगर/नेपाल एक भूपरिवेष्ठित राष्ट्र हो । जहाँ विभिन्न जातजाति, भाषा, धर्म, लिङ्गका मानिसहरु बसोबास गर्दछन् । विश्वमानचित्रमा नेपाललाई मन्दिरै मन्दिरको देश, जलस्रोतको धनी देश, बहादुरहरुको देश, ईमान्दारहरुको देश भनेर पनि चिनिन्छ । नेपालमा विभिन्न जातका मानिसहरु बसोबास गरेतापनि उनीहरु इतिहासकालदेखी नै मिलेर बसेका छन् । मजदुरी गर्न, अध्ययन गर्न, रमणीय स्थानहरु घुम्न विश्वको कुनै कुनामा रहँदापनि नेपालीहरुमा नेपाली(पन कहिल्यै पनि हट्दैन ।

हाम्रो देशका माथील्लो स्तरका नेताहरु कुनै पनि काण्डमा नमुछिएका प्रायः कमै छन् । केन्द्र सरकारमा हेर्दा पनि त्यहीकै भ्रष्टाचार छ । प्रदेश सरकारमा पनि स्थानीय सरकार पनि त्यतिकै छ । जबसम्म हाम्रो देशमा यी भ्रष्ट नेताहरु रहन्छन् , तबसम्म हाम्रो देशले विकासको गति लिन सक्दैन । जतिचोती सरकार परिवर्तन भएपनि जतिचोती मन्त्रिपरिषद् पुनर्गठन गरे पनि नेपालको हालत र नेपालीहरु समस्या जिउको तिउ नै हुन्छ । देश निर्माणका लागि सक्षम र क्षमतावान व्यक्ति जो देश र जनताको हितको लागि काम गर्ने राष्ट्रप्रमुख वा जिम्मेवार व्यक्ती भयो भने मात्र नेपालले विकासका गति लिन सक्छ ।

प्रकृतिक, संस्कृतिक, पर्यटकीय रुपबाट नेपाल भरिपुर्ण भएता पनि यहाँका राजनीतिक दलका नेताहरुको अन्रदर्शीताका कारणले गर्दा स्थायी शान्ती र दिगो विकास सम्भव हुन सकेको छैन । यहाँका राजनीतिज्ञहरुलाई हेर्ने हो भने जनताको आर्थिक उन्नती गर्ने, देश विकास गर्ने भन्दा आफ्नो, आफ्नो परिवारको सम्पती जोड्नतिर लागेका छन् । इतिहासलाई हेर्दा देश र जनताको हितको लागि ईमान्दार भएर काम गर्ने नेताहरु अहिले कुनै पार्टीका नेताहरु छैनन् भन्दा अत्युक्ती नहोला। देशको लागि सबै जीवन त्याग्छु भन्दै राजनीतिमा हुमिएकाहरु प्रशस्त पैसा कमाएपछि र सत्ता प्राप्त गरेपछि ती सबै कुराहरु भुल्ने गर्छन् । एउटा सानो किसानका छोरा राजनीतिमा लागेर देशको प्रमुख, कार्यकारी र मन्त्री जस्ता पदमा पुगेकाहरुले बिगतका ती दिनहरुलाई सबै भुलेर पैसा र पावरको पछि हिड्ने गर्छन् । अनि ती नेपाली जनताहरु आफुले चुनावमा भोट दिएर जिताएर पठाएका नेताहरुमाथि कतिधेरै आश गरिरहेका हुन्छन् । तर ती नेताहरु कहिले पनि फर्केर जादैनन् । ती जनताहरु सधैं निराशमा जीबन बिताइरहेका हुन्छन् ।

जनताले नेतामाथि केहि ठुलो कुरा आश गरेका हुदैनन् । शिक्षा, स्वास्थ्य लगायतका संबिधान प्रदत्त आधारभूत आवश्यक्ताको पूर्ति गर्ने कुराबाहेक सरकारले उपलब्ध गर्दियोस भन्ने उनीहरुले चाहना हुन्न। माद्यमिक स्तरको लागि शिक्षा, सामान्य स्वास्थ्य सरकारले उपलब्ध गराउने नाम मात्र छ । कतिपय पहाडी भेगका ठाउँहरुमा एउटा टाउको दुखेर सिटामोलसम्म खान पाएका छैनन् । कतिपय यस्ता जिल्लाहरु छन् । जहाँ एउटा प्राथमिक उपचार गर्नको लागि पनि घन्टौं हिडेर जान बाध्यता छ । कतिपय ठाउँहरुमा आधारभूत शिक्षाको लागि पढ्ने वातावरणसम्म छैनन् । स–साना बालबालिकाहरु चिसो टहरामा भुइँमा बसेर पढ्न बाध्य भएका छन् । मुलुकका कुना कन्दराका विभिन्न ठाउँमा गर्भवती महिलाहरु बच्चा जन्माउनलाई समस्या भयो भने डेलिभरीको लागि एउटा अस्पतालसम्म छैनन् । त्यतिमात्र होइन एउटा एम्बुलेन्ससम्मको पनि सुबिधा छैनन् । यहि कारणले गर्दा कतपय विकट गाउँका गर्भवती महिलाहरुले समस्या झुलिरहेका छन् भने कतिको ज्यानसमेत जाने गरेका समाचारहरु पुराना भईसकेका छन् । सरकारले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन भने अझ अरु रेल, पानीजहाज जस्ता हावादारी कुराको विश्वास त जनताले कसरी गर्नु र !

दुई ठुलादलहरु मिलेर सरकार संचालन भयो । सरकार संचालन गर्नको लागि भागबण्डा लगाएर सरकार संचालन त गरे तर पार्टी एकतालाई पूर्णता दिन अझैपनि समस्या भईरहेको देखिन्छ । पार्टी एकीकरणपछि दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच आलोपालो सरकार चलाउने सहमति भएको कुरा बाहिर आएको थियो । ओली र दहालबीच सत्ता चलाउने सहमती भएपनि देश बनाउने सहमती भएको देखिएको छैन ।

नेपालका दुई ठुला दल एमाले र माओवादी केन्द्र मिलेर वाम गठवन्धनवाट गत चुनावमा चुनावी मैदानमा उत्रिएपछि स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा दुईतिहाई कै अवस्थामा विजय हुन सफल भए । त्यसपछि यी दुई ठुलादलहरु मिलेर सरकार संचालन भयो । सरकार संचालन गर्नको लागि भागबण्डा लगाएर सरकार संचालन त गरे तर पार्टी एकतालाई पूर्णता दिन अझैपनि समस्या भईरहेको देखिन्छ । पार्टी एकीकरणपछि दुई पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालवीच आलोपालो सरकार चलाउने सहमति भएको कुरा बाहिर आएको थियो । ओली र दहालबीच सत्ता चलाउने सहमती भएपनि देश बनाउने सहमती भएको देखिएको छैन ।

केहि हप्ता अगाडी ओली र प्रचण्डवीच सहमति जुटेपछि ओलीले पुरै सरकार चलाउने र दहाललाई पार्टीको कार्यकरी अधिकार दिने सहमतीमा उनीहरु हिँडेका छन् । विरामी भएर लामोसमयको अस्पताल बसाईपछि प्रधानमन्त्री ओली पनि सक्रिए भएका छन् । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भई उपचार गरेर फर्केपछि उनले मन्त्रिपरिषद् पुनर्गठन गरे । तर जनताले चाहे अनुरुपका नेताहरु भने मन्त्री बनेनन् । यसमा पनि जनताहरुले आलोचना गर्दै आएका छन् । जनताले रुचाएका भनिएका केही मन्त्रीहरुको समेत बहिर्गमनले नेकपा दुईतिहाई मतको ओली सरकारको आलोचना हुँदै आएको छ ।

दुईतिहाइको सरकार र अझै भन्ने हो भने सङ्घीय सरकार आएपछि नेपालमा केहि विकास होला भन्ने नेपाली जनताहरुले धेरै आश गरेका थिए । तीन तहका सरकारले निर्माण गरे । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्र भएपनि नेपाली जनताहरुको समस्या हो भने जिउको तिउ नै छ । प्रदेश सरकारले नभए प्रदेश र प्रदेशले नभए स्थानीय सरकार छ भन्ने बनाए । तर यसले जनताको हितको लागि सिन्कोपनि भाँच्न सकेको छैन । गाउँगाउँमा सिंहदरबार ल्याउछु भन्दै उफ्रिएका नेताहरु अहिले चुप छन् । संघियताले झन् भ्रष्टाचार मौलाएको छ ।

प्रदेश सरकारहरु पनि आफ्नो प्रदेशले पाएका बजेटहरु खर्च गर्न नसकेर फिर्ता गरेका छन् । केहि महिना अगाडी पनि केहि प्रदेशहरुले पाएको बजेटमध्ये ३० प्रतिशत मात्र खर्च गर्न गरेर अरु के मा खर्च गर्ने र कहाँ खर्च गर्ने भन्ने अनविज्ञ भएपछि प्रदेशका मुख्य मन्त्रीहरुले केन्द्रमा फिर्ता गरेका थिए । यसको मुख्य कारण असक्षम र अनविज्ञ प्रतिनिधि हो । केहि मुख्य मन्त्री, प्रदेश प्रमुखहरु यस्ता छन् जुन स्थानीय तहको निर्बाचनमा हारेर त्यसपछि प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको चुनावमा उठेर चुनाव जितेर आएका छन् ।

यो भन्दा अगाडी ९/९ महिने सरकार थिए । अहिले संघियत गणतन्त्रात्मक संबिधान आएपछि त झन् प्रदेश सरकार र स्थानीय सरकारमा भ्रष्टाचार मौलाएको छ । सरकारको खर्च झन् धेरै बढ्दै गएको छ । स्थानीय सरकार भएपछि स्थानीय सरकारका जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसारका कामहरु गरेका छैनन् । पाएका बजेटलाई पनि सहि ठाउँमा खर्च गर्न सकेका छैनन् भने कतिपय स्थानीय सरकारमा बजेट पुगेका छैनन् । पुगेका बजेटलाई जनप्रतिनिधिले कुन क्षेत्रमा लगानी गर्ने हो भन्ने ज्ञान नभएपछि विकासका कामहरु हुन सकेका छैनन् ।

स्थानीय सरकार मात्र होइन । प्रदेश सरकारहरु पनि आफ्नो प्रदेशले पाएका बजेटहरु खर्च गर्न नसकेर फिर्ता गरेका छन् । केहि महिना अगाडी पनि केहि प्रदेशहरुले पाएको बजेटमध्ये ३० प्रतिशत मात्र खर्च गर्न गरेर अरु के मा खर्च गर्ने र कहाँ खर्च गर्ने भन्ने अनविज्ञ भएपछि प्रदेशका मुख्य मन्त्रीहरुले केन्द्रमा फिर्ता गरेका थिए । यसको मुख्य कारण असक्षम र अनविज्ञ प्रतिनिधि हो । केहि मुख्य मन्त्री, प्रदेश प्रमुखहरु यस्ता छन् जुन स्थानीय तहको निर्बाचनमा हारेर त्यसपछि प्रदेशसभा तथा प्रतिनिधि सभा सदस्यको चुनावमा उठेर चुनाव जितेर आएका छन् । ती जनप्रतिनिधिहरुलाई प्रदेश सरकार कसरी चलाउने भन्ने ज्ञानको कमीले गर्दा पनि जनताको अपेक्षा अनुसार काम गर्न सकेका छैनन् ।

पछिल्लो समयमा हेर्ने हो भने झनै केन्द्र सरकारदेखि प्रदेश, स्थानीय सरकारसम्म भ्रष्टाचार मौल्याएका छन् । हाम्रो देशका माथील्लो स्तरका नेताहरु कुनै पनि काण्डमा नमुछिएका प्रायः कमै छन् । केन्द्र सरकारमा हेर्दा पनि त्यहीकै भ्रष्टाचार छ । प्रदेश सरकारमा पनि स्थानीय सरकार पनि त्यतिकै छ । जबसम्म हाम्रो देशमा यी भ्रष्ट नेताहरु रहन्छन् , तबसम्म हाम्रो देशले विकासको गति लिन सक्दैन । जतिचोती सरकार परिवर्तन भएपनि जतिचोती मन्त्रिपरिषद् पुनर्गठन गरे पनि नेपालको हालत र नेपालीहरु समस्या जिउको तिउ नै हुन्छ । देश निर्माणका लागि सक्षम र क्षमतावान व्यक्ति जो देश र जनताको हितको लागि काम गर्ने राष्ट्रप्रमुख वा जिम्मेवार व्यक्ती भयो भने मात्र नेपालले विकासका गति लिन सक्छ । तर त्यहि नेताहरु जो भ्रष्ट छन् । तिनीहरु नै फेरी सत्तामा पुगेपछि राष्ट्रप्रमुख भयो भने नेपाल कहिले परिवर्तन हुन सक्दैन । जहाँ छ नेपाल त्यहि रहन्छ ।

हाम्रो नेपालका नेताहरुले जबसम्म सेवाभावले भन्दा आफ्नो र आफ्नो परिवार अनि नातागोता र दलीय स्वार्थको लागि राजनीति गर्छन् । तबसम्म देशले मुहार फेर्न सक्दैन । जनताको समस्या अन्त्य हुन सक्दैन, जनताको प्राथमिक आवश्यकताहरु पुरा हुन सक्दैनन् ।जनताले कहिले पनि आफ्नो देशमा रोजगार पाउदैनन् । देश रिमिट्यान्सको भरले चलेको छ, खाडीको तातो घाममा काम गरेर नेपालीले पठाएको पैसाको करले देश चलेको छ, स्वदेशमा आफ्नो काम गर्नेहरुलाई सरकारले तिर्नै नसक्नेगरी थापरेको करका कारण समस्यामा छन् । यी सबै समस्याहारको समाधान गर्नको लागि मात्र नेपालमा भ्रस्टाचारको अन्त्य गर्नुपर्छ । अनि मात्र देशले मुहार फेर्ने छ ।