राजनीति

विपी कोइराला र गणेशमान सिंहको मुद्दाको फैसला गरेका न्यायधीश श्रेष्ठ रहेनन् !

काठमाडौं । काठमाडौंका प्रथम जननिर्वाचित सभापति जनकमान श्रेष्ठको ९२ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । । उनको आज बिहान ७ बजे निधन भएको हो ।

उनकी बुहारी रीना श्रेष्ठका अनुसार श्रेष्ठ विगत १ वर्षदेखि लिभर क्यान्सरको समस्यासँग जुधिरहेका थिए । उनी घरमै बसेर उपचार गराइरहेका थिए । गत ८ मंसिरमा ९३ वर्षमा प्रवेश गरेका श्रेष्ठको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

आजभन्दा ६९  वर्षअघि २००७  सालमा प्रजातन्त्र स्थापना भएपछि काठमाडौं नगरपालिका ऐन जारी भयो ।  सोही ऐनका आधारमा १० भदौ, २०१० मा नगरपालिकाको चुनाव सम्पन्न भयो । उक्त निर्वाचनमा तत्कालिन नेपाल कम्युनिस्ट पार्टीको समर्थनमा श्रेष्ठ मेयर निर्वाचित भएका थिए । यद्यपि उनी कम्युनिस्ट पार्टीका सदस्य थिएनन् ।

उनले वडा २ बाट उम्मेदवारी दिएका थिए । उनका प्रतिस्पर्धीका रूपमा लगन टोल समितिका कांग्रेसबाट दामोदर शर्मा, ब्रह्म टोलबाट तुलसीबहादुर बास्तोला (पाटन हाईस्कुलका शिक्षक), इनाखा टोलमा रत्नमान सुब्बा (मिल्ट्रीका ग्राजुएट अफिसर)को सम्भावना थियो । तर, तीमध्ये तुलसीबहादुर र रत्नमानले उनकै समर्थन गरे ।

अर्कोतर्फ दामोदर शर्माले भने उम्मेदवारी दिए । यीबाहेक प्रजा परिषद्का कनकबहादुर जोशीको पनि उम्मेदवारी पर्‍यो ।त्यसबेला नगर सभापति भन्ने चलन थियो । जनकमान सभापति र प्रयागराज सिंह सुवाल उपसभापति भएका थिए । काठमाडौं नगरपालिकाको दोस्रो निर्वाचनमा प्रयागराज मेयर निर्वाचित भएका थिए । उनी पछि पन्चायकालमा मन्त्री समेत भएका थिए ।

राजनीतिमा वितृष्णा जागेपछि उनी न्याय सेवामा प्रवेश गरे । विस २०१६ सालमा चिसापानी इलाका अदालतको न्यायाधीशमा नियुक्त भएका उनी विशेष अदालतको न्यायाधीश समेत बने । ले पनि चर्चित छ ।

स्वर्गीय श्रेष्ठका श्रीमती एक छोरी र एक छोरा छन् । काठमाडौं महानगरपालिकाका मेयर  विद्यासुन्दर शाक्यले श्रेष्ठको निधनप्रति शोक व्यक्त गरेका छन् ।