पु.समाचार

सोनम गेयरका उत्पादनमा ६० प्रतिशतसम्म छुट

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीको ब्रान्ड सोनमले विन्टर सेल अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत कम्पनीले आफ्ना विभिन्न उत्पादनमा विशेष छुट घोषणा गरेको छ । यो अफरमा छानिएका वस्तुमा ६० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ । विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ ।

सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिमसेट, स्वेटर, कोट, ट्रेकिङका पोसाक, टेण्ट, ब्यागलगायत उत्पादनहरु उपलब्ध छन् ।

राजधानी उपत्यकामा ठमेलको क्वाबहाल र जेपी रोड, ललितपुरको जावलाखेल, कमलपोखरीको सिटी सेन्टर, बौद्ध, टुसाल, चाबहिलको के.एल टावर, सुन्धाराको सिभिलमल, ललितपुरको कुमारीपाटी, पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सि.जी. ल्याण्डमार्क मल, भरतपुरका सोरुममा सोनम गेयरका उत्पादनहरु उपलब्ध छन् ।

सोनम गेयरका उत्पादनहरु उच्च गुणस्तरका छन्, जसले गर्दा यसलाई विश्व विख्यात ब्रान्डहरुको प्रतिस्पर्धी मानिन्छ ।