आर्थिक

सानिमा बैंकद्वारा रक्तदानकार्यक्रमको आयोजना

वीरगन्ज । गिरिजा प्रसाद कोइराला फाउण्डेशनले अकास्मिक रक्तदान र्कायक्रमको आयोजना गरे्को छ । रक्त सञ्चार केन्द्र पर्सामा रगतको अभाव भएकोले गिरिजा प्रसाद कोईराला फाउण्डेशनले खुल्ला रगत दान कार्यक्रमको आयोजना गरेको हो ।

एक जना सञ्चारकर्मी सहित ५८ जनाले रगतदान गरेका छन । जसमध्ये ४ जना महिला र ५४ जना पुरुष रहेको जी.पी.कोईराला फाउण्डेशन र्पसाका अध्यक्ष मोहम्मद सहाबुद्दिनले बताए ।

रगत दिने मोहम्मद नौसाद, आकाश चौहान, न्युज २४ टिभिका सञ्चारकर्मी इरफान अली, कृष्णा पटेल ,र्अजुन गुप्ता , एलिशा राए, बिन्दु कुमारी, अनुपम नायब, निरु श्रेष्ठ, मोहम्मद अफताब, बाबुनन्द प्रसाद पटेल, शेख एजाज, विकास चौहान, शेख शमिर लगायतका व्यक्तिले रगतदान गरेका हुन ।

रक्तदान र्कायक्रममा प्रमुख अतिथि नेपाली काग्रेसबाट प्रदेश सांसद ओमप्रकाश र्शमा, विशिष्ठ अतिथि वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगी, नेपाल पत्रकार महासंध प्रदेश नं २ का प्रमुख दिपेन्द्र चौहान, वीरगन्ज महानगरपालिकाकी उपमेयर शान्ति र्काकी, विशिष्ठ अतिथि दिगो महिला विकासकी अध्यक्ष सुषमा द्धवेदी , अतिथि लिभगिं विथ नेचरका संयोजक रोहित र्वणवाल तथा रक्तदान र्कायक्रमका संयोजक जी.पी कोईराला फाउण्डेशनका अध्यक्ष मोहम्मद शहाबुदिन रहेका थिए ।

रगत दान जीवन दान नाराका साथ गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्सा, दिगो महिला विकास र्पसा र लिभिगं विथ इन्भाइरोमेण्टले जी. पी. कोईराला फाउण्डेशलाई हातेमालो गरेका छन ।