आर्थिक

सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सानिमा बैंकको १५औं वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र–नक्साल, नारायणचौरसँगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ । बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

२०७६ मंसिर २७, शुक्रबार दिउँसो १ बजे देखि ४ बजे सम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पुर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे। सानिमा बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व अन्तर्ग शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सानिमा बैंकको हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर तथा ७५ वटा ए.टि.एम रहेको छ ।