समाचार

बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबाबा थप तीन हिरासतमै रहने

siddha baba arrest from sunsari

सुनसरी ।  बलात्कार अभियोगमा पक्राउ परेका सिद्धाबबा अर्थात् कृष्णबहादुर गिरीलाई प्रहरीले तीन दिनको म्याद थप गरेको छ । आज(शुक्रबार) जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्ला अदालत सुनसरी माफर्त तेस्रो पटक तीन दिनको म्याद थप गरेको हो ।

प्रहरीले बलात्कार प्रकरणमा संकलन भएका प्रमाणहरु जाँचका लागि १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो । 

अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ । म्याद थपपछि गिरी पुन: उपचारको क्रममा अस्पतालमै बसेका छन् । मुटुको समस्याका कारण उपचार गराइरहेका गिरीलाई अदालतले अस्पतालमै राखेर बयान लिने आदेश दिएका कारण विराट नर्सिङहोम नै पठाइएको डिएसपी शर्माले जानकारी दिए ।

महिला अनुयायीले कात्तिक ४ गते आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउगरेर अनुसन्धान शुरु गरेको थियो ।