अन्तर्राष्ट्रिय

दुई सवारी एकआपसमा ठोक्किँदा आगलागी, मृत्यु हुनेको संख्या १५ पुग्यो

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा शुक्रबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा पनि १५ व्यक्तिको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तको झोब जिल्लामा पिकअप भ्यान र यात्रुबाहक  बस एक आपसमा ठोक्किँदा सो दुर्घटना भएको हो ।

स्थानीय समाचार एजेन्सीले बताएअनुसार उक्त दुई सवारी साधन एकआपसमा ठोक्किँदा आगलागी भएको थियो । सो दुर्घटनामा परी तेह्र जना यात्रुको ज्यान गएको बलुचिस्तान प्रान्तका स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

दुर्घटनाग्रस्त भ्यान बसमा कति व्यक्तिहरु यात्रा गरीरहेका थिए भन्ने बारेमा केही सूचना दिइएको छैन । तेह्र जनाको ज्यान गएको र अरु बाँकी कति व्यक्ति घाइते भएका छन् भन्ने बारेमा पनि विस्तृत विवरण प्राप्त भएको छैन । प्रहरीले यस दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रहरीले जनाएअनुसार गुल मोहम्मद नाम गरेका एक व्यक्ति दुई गाडी एकआपसमा ठोकिनु भन्दा अगाडी नै हामफ्यालेर बाचेका छन् ।