समाचार

खप्तडमा हिमपात

डोटी । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा गएरातिदेखि हिमपात शुरु भएको छ । बुधबार रातिबाट हिमपात भइरहेको र त्यहाँको तापक्रम निकै घटेको खप्तडमा तैनाथ रहेको गुरुगोरख गुल्मका गुल्मपति तथा सेनानी गोविन्द घिमिरेले जानकारी दिए ।

उनले भने, “बुधबार साँझदेखि नै अत्यधिक चिसो छ । बेलाबेला हिमपात पनि भइरहेको छ, बाक्लो हिमपात हुने सम्भावना छ ।” उनका अनुसार गएराति त्यहाँको तापक्रम माइनस चार डिग्रीसम्म झरेको थियो ।

यसअघि दुई हप्ताअघि पनि खप्तडमा हल्का हिमपात भएको थियो । हिमपातका कारण खप्तड आसपासका स्थानीयलाई घर बाहिर आवतजावत गर्न र बस्तुभाउ चराउन निकै समस्या हुँदै आएको स्थानीयवासी दीर्घ बोगटीले जानकारी दिए ।