राजनीति

‘सकिन्छ गर्न, यहीँ मुलुकमा गर्नुपर्छ’- सांसद बस्नेत

भक्तपुर । सांसद महेश बस्नेतले एकैपटक भक्तपुरको चाँगुनारायणमा दीपक स्मृति भवनको अनावरण, दीपक मार्गको उद्घाटन, शालिक निर्माण शिलान्यास र नामक पुस्तकको लोकार्पण गरेका छन् ।

नेपाल इञ्जिनीयरिङ कलेजका संस्थापक अध्यक्ष स्व प्रा. डा. दीपकप्रसाद भट्टराईको ४५औँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहेका बस्नेतले चाँगुनाराणमा आज जीवनमा गरेका काम र समाजमा छोडेर गएका काम महत्वपूर्ण हुने उदाहरण स्व. भट्टराईले प्रस्तुत गरेको बताए।