समाचार

भरतपुरको सिजी ल्यान्डमार्कमा पिटर इंग्ल्यान्डको आउटलेट

काठमाडौं, मंसिर २६ । विश्वकै पुरुष एपेरल ब्रान्ड तथा भारतको सबैभन्दा ठूलो पुरुष गार्मेन्ट ब्रान्ड पीटर इंग्ल्याण्डले उपत्यका बाहिर पनि आउटलेट विस्तार गरेको छ । करिब १४ वर्षअघि नेपाल प्रवेश गरेको उक्त कम्पनीले चितवनको भरतपुरस्थित सिजी ल्यान्डमार्कमा बिहीबार आउटलेट खोलेको हो ।

सिजी ल्यान्डमार्कको पहिलो तल्लामा खुलेको उक्त आउटलेटको उद्घाटन बिहीबार अभिनेत्री प्रियंका कार्कीले गरेकी हुन् । स्टोर उदघाटन कार्यक्रममा बोल्दै आदित्य विरला फेसन एण्ड रिटेलको मदुरा एफ एण्ड एलका एक्सपोर्ट हेड गिरीश नाम्बायरले पीटर इंग्ल्याण्ड समकालीन इंग्लिश स्टाइल, उच्च गुणस्तर र ग्राहकलाई सही मूल्य प्रदान गर्नेतर्फ प्रतिबद्ध रहेको बताए ।