राजनीति

जनताको आक्रोश पछी सडक निरीक्षण गर्न गएका नेता नेपाल ठोके कुलेलाम..

काठमाडौं । चाबहिल–जोरपाटी–साँखु सडक अनुगमन गर्न सरकारको तर्फबाट भिआइपी मिसन आज त्यसतर्फ पुग्यो अघिपछि प्रहरी सहितका १५ वटा गाडीको लावालस्कर सहित भीआईपी टोलि हायात होटल हुँदै त्यसतर्फ लाग्यो

साँखुसम्म पुगेर सडक अनुगमन गर्ने उद्देश्यका साथ् अघि बढेको यस जम्बो टोलीमा थिए- पूर्वप्रधानमन्त्री तथा काठमाडौं क्षेत्र नम्बर २ का सांसद माधवकुमार नेपाल, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङ अनि  प्रदेशसभा सदस्य तथा नेकपाका नेता रामेश्वर फुँयाल । त्यसको अलवा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, गोकर्णेश्वर र कागेश्वरी मनहराका मेयर, सडक विभागका इन्जिनियर, ठेकेदारहहरु पनि सँगसँगै थिए

न्युन प्रगति र सडक विस्तारमा सरकारी वेवास्ताका कारण राजधानी भित्रकै यस क्षेत्र कुनै दुर्गम गाउँ झैं प्रतित हुँदै आएको लगभग ६ वर्ष नाघिसक्यो १२ दशमल ४ किलोमिटर दुरीएको यस सडकखण्ड वर्खायाममा पानीपोखरी, हिउँद याममा धुलोभित्र छोपिदै आइरहेको छ  सँगसँगै सवारी चाप र जामले यस भेगको यात्रा जोखिममे त बनेको छ नै स्वास्थ्यको हिसाबले पनि दर्दनाक बन्दै आइरहेको छ

काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले देखाएको हेलचेक्र्याइँ र ठेकेदारहरूको लापरबाहीको कारण यस सडकखण्डमा सन्तोषजनक प्रगति भएको देखिँदैन यो सडक खण्डका विभिन्न भागमा पिच नभएको पनि होइन, करिब ५ सय मिटर कालाेपत्रे भए पनि एक किलोमिटर खण्डमा पिच त के बाटो बनाउनै शुरु गरिएको छैन । कारण हो, मुआब्जा विवाद । कतै २२ मिटरको खण्डमा कालाेपत्रे भइसकेको छ भने कतै एक मिटर पनि छोइएकै छैन ।

सडकमा सवारीहरुको उही पुरानै बिजोगआजका भिआइपी जम्बो टोलीले पनि देखे । सडकका विभिन्न खण्डमा २ फिटसम्म गहिरा खाल्डाहरु नपुरी छाडिएका छन् ।  विहान धुलो नउडोस् भनेर हालिएको पानीले सडक हिलो र चिप्लो भएको हुन्छ भने कति स्थानमा पानीले धुलोसम्म छोपिन सक्ने स्थिति छैन।

बौद्ध कट्नासाथै भीआईपी टोली जोरपाटी क्षेत्रमा उत्रिए। कारण थियो- बाटोको बीचमा ठेकेदारले झारेको माटो मिसिएको दश टि्रप जति ग्राभेल । ठेकदारले राष्ट्रिय अनुगमन टोली सडक अनुगमनको लागि आउने भन्ने थाहा पछी सरकारको आँखामा धुलो छोप्न खनाइएको बालुवा र गिट्टीको बारेमा स्थानीयवासीहरूले एक पछी अर्को गर्दै पोल खोल्दै गए

“मन्त्रीहरु अनुगमनमा आउने थाहा पाएपश्चात रातारात ग्राभल झारेर काम गरिटोपलेका हुन्, यो सडक हो कि कुनै ग्यास च्याम्बर ? यहाँ हिड्दा क्यान्सर हुने जोखिम बढीसक्यो ” एक-पछी अर्को गर्दै स्थानीयवासी आक्रोश पोखियो। स्थानीयवासी त्यतिमै रोकिएनन्, “६ वर्ष भयो केहि सुधार छैन, यो देशमा सरकार छ कि छैन ? भिआइपी आउछन् कालो झ्याल ड्याम्म लगाएर सडक अनुगमनमा। हामी फोक्सोको समस्यासँग जुधीरहेका छौं ” 

बाग्मती पुलसम्म जिम्मा लिएको ठेकेदारले अनेकन बहाना बनाएर काम नगरेको स्थानीय र जनप्रतिनिधिले टोलीसमक्ष गुनासो पोखे । ढलको समस्या मात्रै नभएर मुआब्जाको समेत कुरा उठ्यो । मुआब्जाको समस्या भए त्यसलाई छिटो हल गरेर सडक पिच गर्न स्थानीयवासीले माग गरे ।

स्थानीयवासीको कुरा चुपचाप भएर सुनिरहेका पूर्वप्रधानमन्त्री  नेपाल ठेकदारलाई चेतावनी दिन तम्सिए तर भयो उल्टो । ठेकेदार नै नेता नेपाल माथि खनिए -‘हिजो काम गर्नुपर्‍यो, वातावरण बनाइदिनुस् भनेर नगरपालिका र वडा कार्यालयमा धर्ना बसेँ, कसैले केही सुनेन । अब ठेक्काको म्याद सकिने बेलामा चाहीँ उल्टै हामीलाई चेप्ने ?’ ठेकेदार त्यतिमा मात्रै रोकिएनन्, मानहानीको मुद्दाको धम्की समेत देखाउन पुगे

उनले आफ्नो समस्या आक्रोशित हुँदै पोखे- काम शुरु गर्‍यो, एउटा आएर खबरदार काम गर्लास् भन्छ, अर्को आउँछ किन काम गरिनस् भन्छ,’ उनले भने, ‘काम गर्न साइट नै नपाएपछि कहाँ बनाउने सडक ?’

स्थानीयवासीले सडक निर्माणको क्रममा नेता, कर्मचारी र ठेकेदार मिलेर भ्रष्टाचार गरेको, बाटोमा खाल्डो र हिलो र ठूला-ठूला ढुंगा मात्रै भएको साथै मध्यदिनमा यस क्षेत्र कुहिरीमण्डल बन्ने गरेको जस्ता समस्याहरू बताए ! 

सडक विभागमा महानिर्देशक केशवकुमार शर्माले समस्या नभएका स्थानमा पनि ठेकेदारले काम नगरेको पाइएकाले छिटो काम अघि बढाउन निर्देशन दिए ।

वि.सं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का लगाएको थियो । तर, स्थानीयहरुले मुआब्जामा चित्त बुझाएनन् र  अदालतको ढोका घच्घचाउन पुगे । मुआब्जा विवादका कारण देखाउँदै सडक विस्तारको काम लामो समय रोकियो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

हाल यस सडकखण्डको केहि भाग मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पटक-पटक सडकमा उत्रिए, विरोध जनाए तर समस्या  बीसको उन्नाइस भएको छैन । अनेक बहाना देखाउँदै ठेकेदार समूह आलटाल गरिरहेको छ । विवादित अवस्थामा सडक विभागले पनि ठेकेदारहरुलाई दबाव दिन सकेको छैन ।

यसघि ६ महिना अगाडी नेता नेपाल यातायात मन्त्री रघुवीर महासेठको साथ् यस क्षेत्र अनुगमन गर्न आउँदा बाटोको अवस्था जस्तो थियो अहिले पनि सोहि अवस्था रहेको स्थानीय वासीले गुनासो पोखेसँगै नेता नेपाल पटकपटक गाडीबाट झर्दै स्थानीयलाई सम्झाउदै अघि बढ्दै गएका हुन् त्यस्तै रामेश्वर खनालले पनि आक्रोशित जनतालाई फकाउन प्रयासरत देखिन्थे । तर मन्त्री नेम्वाङले भने स्थानीयको समस्या सुने मात्रै, केही बोलेनन् ।