आर्थिक

ज्योति विकास बैंकद्वारा कपडा बैंकको लागि वासिङ मेसिन प्रदान

काठमाडौं । ज्योति विकास बैंकले नवजीवन परोपकार समाज तथा 100’s Group को संयुक्त तत्त्वावधानमा स्थापना भएको कपडा बैंकलाई बिहिबार एकथान वासिङ मेसिन प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्वको लागि सिर्जना गरेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत उक्त वासिङ मेसिन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा ज्योति विकास बैंककोतर्फबाट बैंकका प्रमुख कार्यकारी अध्यक्ष मनोजकुमार ज्ञवाली, नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा मुख्य शाखाका प्रबन्धक रोशन थापा तथा नवजीवन परोपकार समाजका सचिव दिपकराज जोशी उपस्थिति रहेको थियो ।