राजनीति

काँग्रेस उप-निर्बाचनको एकता छताछुल्ल, पौडेल–सिटौलाद्वारा बैठक बहिस्कार, कार्यकर्ता चिन्तित

काठमाडौं । नेपाली काँग्रेसको आज बस्नेत भनिएको केन्द्रीय कार्यसमितिको बैठक बरिष्ठ नेता रामचन्द्र पौडेल र केता कृष्ण प्रसाद सिटौलाको बहिस्कारका कारण बस्न सकेन । सभापति शेरबहादुर देउवाले काँग्रेस केन्द्रीय समितिको कार्यकाल कम्तीम एक बर्ष सार्ने प्रस्ताव गर्दै तत्काल महाधिवेशन नगर्ने प्रस्ताव कार्यसमिति बैठकमा गर्ने तयारी गरेपछि फगुनमा नै महाधिवेशन हुनुपर्छ भन्ने पौडेल सिटौला पक्षको मागको बिषयमा छलफल नै नहुने दखेपछि पौडेल–सिटौलाले बैठक बहिस्कार गरेको केन्द्रीय सदस्य डा रामशरण महतले बताएका छन् ।

सभापति देउवा पक्षले तरुण दलको समयाबधी ६ महिना थप गर्ने, पार्टीको केन्द्रीय बिभागलाई ४१ बनाउँदै सदस्यहरु थप गर्ने लगायतका प्रस्तावहरु पनि लयाउने संकेत दिएका थिए । पौडेल सिटौला पक्ष भने १४ औं महाधिवेशनको म्याद थप गर्ने बिषयमा मात्र छलफल गरेर सकेसम्म ३ महिनापछि गर्ने छलफल गर्नुपर्ने अडानमा छ ।

सभापति देउवा पक्षसँग अनौपचारिक छलफलमा रहँदा अटेर गर्दै कुरा नसुनेको आरोप लगाउँदै आजको केन्द्रीय समिति बैठक बहिस्कार गरेको बताईन्छ । उप निर्बाचनमा गुटउपगुट अन्त्य गर्दै काँग्रेस उम्मेद्वारलाई विजय गराउन सकृय देखिएका देउवा–पौडेल–सिटौलाको आन्तरिक एकता आजबाट छताछुल्ल भएको देखिएको छ । कार्यकर्ता भने नेताहरुको गुटबन्दी गरेर नेता आफू स्थापीत हुने रणनीतिलाई हेरेर चिन्तित भएको बताउछन् ।