समाचार

एमजी जेडएस इभी आधिकारिक रुपमा नेपालमा सार्वजनिक

काठमाडौं, २६ मंसिर । एमजी गाडीको अधिकृत वितरक तथा आयातक पारामाउन्ट मोटर्स प्रालिले नक्साल शोरुमबाट आफ्नो प्रतिक्षित नयाँ विद्युतीय एसयूभी एमजी जेडएस गाडी आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा कम्पनीले यही हप्ताभित्र ४० जना ग्राहकहरुलाई एमजी जेडएस इभी हस्तान्तरण गरिसकेको जनाएको छ ।

एमजी जेडएस इभीले यो भेरियन्टका लागि जुलाईमा प्रिबुकिङ्ग खुलाएको थियो जसमा नेपालमा १५० भन्दा बढि बुकिङ्ग भइसकेको छ । विद्युतीय एसयूभी एमजी जेडएसले ११० किलोवाट पावर र ३५० एन.एम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयन ब्याट्रीले ३० मिनेटमा ८०% सम्म चार्ज हुने बताए । एमजी जेडएस इभीलाई एक पटक चार्ज गरेपछि ४२८ किमीसम्मको माइलेज दिन्छ र यसको ब्याट्री लाइफमा ८ वर्ष अथवा १ लाख ५० हजार किलोमिटर वारेन्टी रहेको छ । यो गाडी रु ४९,९९,००० शुरुवाती मुल्य रहेको छ ।

पारामाउन्ट मोटर्स प्रा.लि.का जनरल म्यानेजर सचिन अर्यालले भने, “हाम्री नयाँ विद्युतीय एसयुभी एमजी जेडएस इभी नेपालमा सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं । एमजी जेडएस इभीले नेपालको विद्युतीय गाडीको बजारमा नयाँ बेन्चमार्क कायम गर्नेछ भन्ने आशा राखेका छौं । हामीले अन्य ६६ थान गाडीहरु जनावरी २०२० को पहिलो हप्ताभित्रै ग्राहकहलाई हस्तान्तरण गर्नेछौं र वितरण प्रत्येक महिना जारी रहनेछ ।”