मनोरञ्जन

लक्ष्मी निर्मल कोइरालाको ‘भमराले फूललाई’

काठमाडौं । गायक लक्ष्मी निर्मल कोइरालाको स्वरमा नयाँ गीत ‘भमराले फूललाई’ आजबाट सार्वजनिक भएको छ । गायनमा सम्भावना बोकेका गायक कोइराला र मेलिना राईको स्वरमा रहेको गीत ‘भमराले फूललाई’ले गीतसंगीत क्षेत्रमा नयाँपन दिने आशा गरिएको छ । महेश खड्काको संगीत र सुशील पुन विरहीको शब्दमा रहेको गीत ‘भमराले फूललाई’मा महाराज थापाको संगीत संयोजन रहेको छ ।

गायक लक्ष्मी निर्मल कोइरालाको यसअघि पनि हिमाल सागरको शब्द, संगीतमा ‘मायाको मिटर’ बजारमा ल्याइसकेका छन् । मिनाक्षी कोइरालाको निर्देशन रहेको यस गीतको म्यूजिक भिडियोमा शिवराम श्रेष्ठको छायाँकन रहेको छ ।

माधव बेलबासेको सम्पादन रहेको यस गीतको म्यूजिक भिडियोमा अभेष बज्राचार्यले ड्रोन चलाएका छन् । भिडियोमा नायिका नीता ढुंगानाको साथमा रञ्जित र बेबोको अभिनय रहेको छ । यस गीतको म्यूजिक भिडियोलाई संगीतकार महेश खड्काको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://www.youtube.com/watch?v=eOwL5HfD-Vs&feature=emb_logo