खेलकुद

सागमा ४ स्वर्ण पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने

२६ मंसिर, काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्ण पदक पाउने खेलाडीले ९ लाख, रजतले ६ लाख र कांस्यले ३ लाख दिने घोषणा गरेसँगै १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कीर्तिमानी पदक जितेकी गौरिका सिंहले ५९ लाख रुपैयाँ पाउने भएकी छन् । सागमा ४ स्वर्ण जितेकी गौरिकाले चार स्वर्णको ११ लाखका दरले ४४ लाख पाउनेछिन् भने दुई रजततको ६ लाखका दरले १२ लाख. तीन कांस्य टिम इभेन्टमा जितेकाले जम्मा तीन लाख गरी कुल ५९ रुपैयाँ पाउने भएकी हुन् ।

राखेप सदस्य सचिप रमेश सिलवालले गौरिकाले ५९ लाख रुपैयाँ पाउने हिसाब सुनाए । सिलवालले एक स्वर्ण जित्नेले ९ लाख, एकभन्दा बढि स्वर्ण जित्नेले ११ लाखको दरले पाउने बताए ।