मनोरञ्जन

गायिका मेलिना राई को आवाजमा गुन्द्रुक साधेको (भिडियो सहित)

काठमान्डौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र गायक निशान भटटराईको आवाजमा रहेको मौलिक गीत गुन्द्रुक साधेको गीतको भिडियो बजारमा सार्वजनिक भएको छ ।

खुम गुरुङको शब्द तथा डि आर अटुको संगीत गीतमा रहेको छ । मौलिक रुपमा तयार पारिएको गीतमा प्रेमी प्रेमीका विचको मायालाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।

गीतमा राजु कार्कीको एरेन्ज रहेको छ । ज्ञानेन्द्र हुमागाईँको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा शिशिर श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।

गीतको भिडियोमा नेपालका ख्याति प्राप्त कलाकारहरु सन्ध्या बुढा काउली बुढी , रियासा दाहाल , विनोद परियार र रोवर्ट शिहको अभिनय रहेको छ ।

गीतको भिडियोः