पु.समाचार

साग फाईनल हेर्न आएका सर्ब साधारण र पत्रकार कुट्नेलाई छानविन गर्न प्रहरीको बन्यो समिति

काठमाडौं । दक्षीण एशियाली क्षत्रीय खेलकुदको फाईनलका दिन प्रहरीका डीएसपी सन्तोष सिंह राठौरले पत्रकारलाई पीटेको बिषयमा छानबिन गर्न एसएसपी श्याम ज्ञवालीको नेतृत्वका तीन सदस्यीय छानबिन टोली बनाईएको छ ।

महानगरीय प्रहरी प्रभाग रानीपोखरीले घटना छानबिनकालागि बनाईएको समितिमा डिएसपीद्वय मनोहर श्रेष्ठ र श्यामसिंह चौधरी सदस्य रहेको बताएको छ । छानबिन समितिले नागरिक दैनिकका पत्रकार सुमन चापागाईंले सर्बसाधारणमाथी कुटपीट गरेको फोटो खिचेकोदेखेपछि अर्का डीएस्पी सन्तोष सिँह राठौरले पत्रकारमाथी नै कुटपीट गरेका थिए ।

सो घटनाले दशरथ रङ्गसाला एकपटक असान्त बनेको भएपछि बिस्तारै अन्तर्राष्ट्रिय स्तरको खेल भएकाले शान्त बन्दै गएको थियो । नेपाल दास्रो भएपछि अन्तर्राष्ट्रिय स्तरमा छवि राम्रो बनाएको छ । प्रहरीले गेम सकिएपछि भएपनि छानविन समिति बनाएको छ , उक्त समितिले दिएको रिपोर्ट अनुसार प्रहरी अगाडी बढ्ने डीआईजी शैलेश थापा क्षत्रीले बताएका छन् ।