समाचार

देशैभरी वढ्यो अत्याधिक चिसोः पहाडी भेगमा तापक्रममा घट्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाडौं । राजधानि काठमाडौं लगाएत देशैभर अत्यधिक चिसो बढेको छ । पुस महिना लाग्नै लाग्दा मुलुकभरीनै अत्यधि चिसो वढन थालेको छ । बुधबार साँझ नेपालको पश्चिमी भूभागबाट निम्न चापिय प्रणालीको प्रवेश गरेसँगै मौसम बदली भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू(भागमा बिहीबार भारी हिमपात हुने सम्भावना रहेको छ।

बिहीबार आज बिहान ६ बजे निकालेको बुलेटिनमा देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमासमेत हल्कादेखि मध्यम हिमपातको हुने उल्लेख गरेको छ । न्युन चापिय प्रणालीका कारण देशैभरी बदली भई अधिकतम र न्युनतम तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ ।

बुलेटिनमा भनिएको छ, पश्चिमी भू–भागका धेरै स्थानमा, मध्य र पूर्वी भू–भागका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना समेत रहेको छ । बुधबारबाट सुरू भएको यो मौसमी प्रणाली शनिबारसम्ममा अन्त्य हुने छ। महाशाखाले उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपात हुन सक्ने र पहाडी भेगमा वर्षा हुँदा तापक्रममा गिरावट हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारि हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ ।

देशभर सामान्यदेखि पूर्ण वदली रही पश्चिम भेगका केहि स्थानहरु र मध्य तथा पूर्वका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागहरुमा भारी हिमपात तथा मध्य तथा पूर्वका उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का देखि मध्यम हिमपात हुने देखिन्छ । देशभर आंसिकदेखि सामान्य बदली रही मध्य तथा पुर्वका र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडीसहित हिमाली भू–भागहरुमा मध्यम हिमपात हुने सम्भावना छ ।