खेलकुद

नेपाली क्रिकेट लेग स्पिनर सन्दीप खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको फाइनल खेल लर्ड्समा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले खेल्ने ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिताको फाइनल खेल लर्ड्समा हुने भएको ।

पहिलो पटक योजना हुन लागेको प्रतियोगिताको फाइनल खेल होम अफ क्रिकेटु उपनामले परिचित लर्ड्समा हुने पक्का भएको हो । फाइनल खेल १५ अगष्टमा हुने छ । प्रतियोगिताको खेल तालिका भने यस अघिनै सार्वजनिक भईसकेको छ ।

द हन्ड्रेडमा नेपालबाट एकमात्र खेलाडीले सहभागिता जनाउने छन् । नेपालको ग्लोबल आइकन मानिने सन्दीप यस प्रतियोगितामा कीर्तिमानी मुल्यमा बिक्रि भएका थिए ।

इंग्ल्याण्ड र वेल्समा आयोजना हुने प्रतियोगितामा सन्दीपले ओभल इन्भेन्सीबल्सबाट खेल्ने छन् । एक सय बलको हुने द हन्ड्रेड प्रतियोगिता सन् २०२० को १७ जुलाई देखि १५ अगष्टसम्म चल्ने छ । प्रतियोगिताको पहिलो खेल सन्दीप आबद्ध टिम ओभलले वेल्स फाएरसंग सन् २०२० को जुलाई १७ मा खेल्ने छ ।

इन्भेन्सीबल्सले सन्दीपलाई १ लाख पाउण्ड ९करिब १ करोड ४७ लाख० नेपाली रुपैयाँमा दोस्रो चरणमा अनुबन्ध गरेको थियो । विश्वका थुप्रै फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले ‘द हन्ड्रेड’ मा हालसम्मकै उच्च मूल्य पाएका थिए ।

इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगितामा ८ टिम रहने छन् । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । आठ टोलीले डबल राउण्ड रोबिनको आधारमा प्रतिस्पर्धा गर्ने छन् । शीर्ष टिम फाइनलमा पुग्नेछ ।