समाचार

बिहीबार बिदा होइन, हल्लामा नपर्नुहोस् – गृह मन्त्रालय

काठमाडौं । किराँत समुदायको उँधौली पर्व र नेवार समुदायको योमरी पुन्ही पर्व भोली(बिहीबार) अर्थात २६ मंसिर परेको छ । 

सरकारले यसअघि सार्वजनिक बिदा घोषणा गर्दा यी पर्वमा पनि बिदा दिने भनेको थियो । सरकारको यो भनाइपछि पात्रो बनाउनेहरूले भोलिको पात्रोमा बिदा जनाउन रातो संकेत गरे । पात्रोको पुछारमा सार्वजनिक बिदा भनेर समेत लेखिएको छ ।

तर पर्वको अघिल्लो दिन भने गृह मन्त्रालयले सार्वजनिक बिदा नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयले पात्रोमा उल्लेख भएको बिदाबारे भ्रममा नपर्न भन्दै सूचना विभागबाट जारी भएको पात्रोमा उल्लेख भएका बिदालाई मात्र आधिकारिक मान्न सूचित गरेको छ ।

गृह मन्त्रालयले २०७५ चैतमा जारी गरेको वर्षभरीका विदासम्बन्धी सूचनामा भने भोलि किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको थियो ।