अन्य

पूर्व अर्थमन्त्री महतको किताब पूर्व राष्ट्रपति यादवले सार्वजनिक गरे

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा आइएसएसआरद्वारा आयोजना गरिएको कार्यक्रमबीच डा. महतको ‘ट्रायल्स, ट्रेमोर्स एण्ड होप- द पोलिटिकल इकोनोमी अफ कन्टेम्पररी नेपाल’ नामाक पुस्तक  सार्वजनिक भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व राष्ट्रपति डा. रामवरण यादवले सो पुस्तक सार्वजनिक गरेका हुन् । कार्यक्रममा पुस्तकका लेखक डा. महतले पुस्तकमा नेपालको अर्थ राजनीति र समकालीन परिवेशलगायतका सन्दर्भ समेटेको बताए ।  

पुस्तकमा नेपालको अर्थ-राजनीतिका साथै समकालीन परिवेशका विषयमा चर्चा गरिएको लेखक महतले जनाएका छन्। खुला अर्थनीति र बजार अर्थव्यवस्थाको महत्वका साथै संघीयता सफल पार्नका लागि ध्यान दिनुपर्ने पाटोको  विषयमा पनि पुस्तकमा चर्चा गरिएको छ।

Image result for पूर्व अर्थमन्त्री डा. रामशरण महतको पुस्तक सार्वजनिक

डा. भेषबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पत्रकार कनक दीक्षितलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए । कार्यक्रममा डा. रविन्द्रप्रसाद पाण्डेले पनि बोलेका थिए ।