कृषि

इटहरीमा बोइलर जातका १४ वटा बोका वितरण

सुनसरी । इटहरी उपमहानगरले वाख्रा पालक कृषकलाई बोइलर जातका उन्नत बोका वितरण गरेको छ । नगरप्रमुख द्धारिकलाल चौधरीले एक कार्यक्रमकाबीच नेपालमै उन्नत मानिने बोइलर जातका १४ वटा बोका वितरण गरेका हुन्।

करिब १० लाखको लागतमा चितवनबाट ल्याएर बोका वितरण गरिएको हो । प्रति बोका ५० हजार उपमहानगरको अनुदान र थप रकम कृषकको लगानी रहेको इटहरी उपमहानगर पशुपंक्षि विकास शाखा प्रमुख दुर्गा बहादुर श्रेष्ठले बताए ।

कृषकहरुलाई बोका वितरण कार्यक्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले इटहरीलाई कृषिमा आत्मनिर्भर बनाउने सोच अनुरुप मासुमा आत्मनिर्भर बनाउन उन्नत जातका बोका वितरण गरिएको बताए । उनले कृषि क्षेत्रको व्यवसायीकरण र आधुनिकीकरणका लागि नगरपालिका लागि परेको बताए ।

वडा नम्वर १७ का अध्यक्ष भगवान लाल साहुले अव धान र गहुँ खेति गरेर मात्र नहुने कृषिलाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए। इटहरी वोयर वाख्रा पालन समूहका अध्यक्ष राजु वस्नेतले स्थानीय सरकारले कृषकलाई उन्नत जातका बोका वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए । सबैभन्दा नजिकको सरकारले यसरी कृषकलाई प्रोत्साहन गरेमा विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए ।