प्रदेश 2

बलात्कार गरेको आरोपमा वडाध्यक्ष साह पक्राउ

सप्तरी । एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको शम्भुनाथ नगरपालिका–१२ का वडाध्यक्षलाई पक्राउ गरेको छ ।

एक महिलामाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा बुधबार वडाध्यक्ष लक्ष्मी साहलाई  पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले आज बिहान साहलाई पक्राउ गरेको हो ।

स्थानीय एक महिलाले आफूलाई जबरजस्ती करणीको प्रयास गरेको भन्दै साहविरुद्ध उजुरी दिएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखी अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।