पु.समाचार

मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुँदै

चितवन । मुग्लिन-नारायणघाट सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ । नारायणघाट- मुग्लिन सडक आयोजनाले जानकारी दिएअनुसार शुक्रबार देखि दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म  उक्त सडकखण्ड बन्द हुनेछ ।

सडक पहिरो रोकथामको काम आठ ठाउँमा बाँकी रहेकाले यसो गर्नु परेको हो । उक्त सडकखण्डमा विश्व बैंकको ऋण सहयोगमा डबल लेनमा स्तरोन्नतिको काम भइसकेको छ।

नारायणघाटतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनलाई पन्ध्र किलो बजारमा रोकिनेछ भने मालवाहक सवारीसाधनलाई दासढुंगामा रोकिनेछ। त्यस्तै, मुग्लिनतर्फबाट छिर्ने यात्रुवाहक सवारीसाधनमा काठमाडौंबाट छिर्नेलाई मुग्लिन बजारमा रोकिनेछ र पोखराबाट आउनेलाई बेनीटारमा रोकिनेछ।