प्युठान । डिभिजन सडक कार्यालय प्युठानका डिभिजन प्रमुख ध्रुवकुमार श्रेष्ठ र इन्जिनियर निरोज महर्जन पक्राउ परेका छन् । उनीहरू २० लाख रुपैयाँ घूससहित पक्राउ परेका हुन् ।
सेवाग्राहीबाट निर्माण भइरहेको सडकको रनिङ बिलको विवरण घटाई बिलको भुक्तानी कार्यमा २० लाख रुपैयाँ घूस लिँदालिँदै उनीहरू रंगेहात पक्राउ परेका हुन् ।
उनीहरूलाई अख्तियारको टोलीले काठमाडौंको बानेश्वरस्थित अलिना बेकरी क्याफेबाट पक्राउ गरेको हो । अख्तियारका अनुसार उनीहरूमाथि अनुसन्धान जारी छ ।