आर्थिक

हिमालय एयलाइन्स्ले हप्तामा दुई पटक क्वालालम्पुर उडान गर्ने

काठमाडौं । नेपाल–चीन संयुक्त वायुसेवा अन्तर्राष्ट्रिय उद्यम, हिमालय एयरलायन्स्ले मलेसिया स्थित क्वालालम्पुर उडान सुरु गरेको छ । अरलाइन्सले क्वालालम्पुरको लागि आफ्नो पहिलो उडान स्न २०१७ को फेबु्रअरी १० बाट सुरु गरेको थियो । वैदेशिक रोजगारीमा मलेसिया जानेहरुका लागि स्वीकृति रोकिएपछि सन् २०१८ को नोभेम्बरबाट एअरलाइन्सको मलेसियाको उडान स्थगित भएको थियो ।

भ्रमण वर्ष २०२० को संघारमा एयरलाइन्स्ले क्वालालम्पुरको उडान पुनर्संचालन गर्दैं मलेसियाबाट पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यो नया“ उडानसगै यात्रुहरुलाई उत्कृष्ट सेवा प्रदान गर्ने र नेपाली वायुसेवा सञ्जाललाई एसिया प्रशान्त क्षेत्रमा अझै मजबुत बनाउदै लैजानमा विश्वास राखिएको छ ।

प्रत्येक वर्ष ठूलो संख्यामा पर्यटकहरु आकर्षण गर्ने क्वालालम्पुर नेपालीहरुले पनि लोकप्रिय गन्तव्य हो । हिमालय एअरलाइन्स्को पुनःआरम्भ उडान  ८९० कुल १५० यात्रुसहित नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यही मंसिर २३ गतेदेखि सुरु गरेको छ ।

स्थानीय समय ९ः३५ मा क्वालालम्पुरको लागि उडेको थियो र क्वालालम्पुर स्थित क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा मंसिर २४ मा स्थानीय समय ४ः१८ मा अवतरण गरेको थियो । हिमालय एयरलाइन्स्को आवागमन उडान ज्ढ ८९१ कुल ८२ यात्रुसहित क्वालालम्पुर विमानस्थलबाट सोही दिन स्थानीय समय ५ः२१ मा उडेको थियो र नेपालको त्रिभुवन विमानस्थलमा स्थानीय समय ७ः४६ मा अवतरण गरेको थियो ।

हामी क्वालालम्पुर र काठमाडौंबीचको सिधा उडान पुनर्संचालन गर्न पाउदा एकदमै हर्षित भएका छौं । यी दुई स्थानबीचको उडानले दुवै देशका याुत्रहरुलाई महत्वपूर्ण व्यावसायिक अवसर प्रदान गर्नेछ । साथै, यो उडानले दुवै देशको व्यापार, जनशक्ति र पर्यटनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

दुवै बजारबाट यस उडानका लागि ठूलो मांग भइरहेको छ र दुई देशको सरकारबीच भएको सम्झौताले यात्रुको संख्या पनि बढ्ने देखिन्छ । यो सञ्जालले मलेसियामा काम गर्नै ठूलो संख्यामा रहेका नेपालीहरुलाई मात्र सेवा प्रदान नगरी नेपाल भित्रिने मलय पर्यटकहरु वृद्धि गर्न पनि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

हाम्रा याुत्रहरुलाई नेपाली सत्कारसहित सहज, सुलभ र सिधा उडानको सेवा उपलब्ध गराउने आशा गर्दछौं  विज्ञप्तिमा उल्लेख छ । यो पुनः आरम्भ गरिएको उडान पर्यटन वर्ष २०२० मा अन्तर्राष्ट्रिय आवागमन लक्ष्यप्रति हिमालय एयरलाइन्स्को गहन प्रतिबद्धताको लागि अर्काे एउटा प्रयास हो । ” प्रशासनका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

साप्ताहिक दुई दिने उडान तालिका उपयुक्त समयमा रहेको छ । साथै, दुवै रुटमा बिजनेश क्लासका लागि ४० किलो र इकोनामी क्लासका लागि ३० किलोको ब्यागेजको सुविधा निःशुल्क उपलब्ध गराइएको छ । समय तालिका अनुरुपकै समयमै उडान भर्न निश्चित गर्ने उद्देश्य सहित निम्न बमोजिमको उडान तालिका सार्वजनिक गरिएको छ । नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगस्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउदै आएको निजी वायुसेवा कम्पनी हो ।

‘हिमालय’ शब्दले नेपालको पहाडहरुलाई संकेत गर्दछ, जुन देशको नाम उचो बनाउन प्रतिबद्ध छ, त्यसरी नै हिमालय एअरलाइन्स् उच्च उडान लिएर आफ्नो नामलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आकांक्षा राख्दछ । सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ, एउटा विमान र एउटा गन्तव्यबाट आफ्नो काम सुरु गरेको एअरलाइन्स्ले तीन बर्षको छोटो अन्तरालमै आफ्नो स्वामित्वमा तीनवटा ए ३२० जहाज कायम गर्न र आठवटा गन्तव्य स्थानमा उडान भर्ने क्षमता विकास गरेको छ । व्यावसायिक रुपमा काम सुरु गरेको एक बर्षमै हिमालय एयरलाइन्स्ले सन् २०१७ मा दक्षिण एसियाली ट्राभल अवार्ड (साटा)को ‘लिडिङ न्यू इन्टरनेशनल एयरलाइन्स् इन साउथ एसिया’ अन्तर्राष्ट्रिय अवार्ड सम्मान प्राप्त गरेको थियो विज्ञप्तिमा उल्लेख छ