राजनीति

सदस्यसचिव सिलवालको साग खेलाडी पुरस्कारमा भ्रष्टाचार:अख्तियारलाई छानविन गर्न तरुण दलको माग

काठमाडौं । १३ औँ साग खेलकुदको समापन समारोहको दिन आयोजित फुटबल खेलको फाईनलमा नेपालले २–१ गोल अन्तरले भुटानलाई पराजित गर्दै एैतिहासिक जित हासिल गरेकोमा आम नेपालीको तर्फबाट नेपाल तरुण दलले सबै खेलाडीहरु, प्रशिक्षक तथा खेलसंग आबद्ध सबैलाई धन्यबाद एवं शुभकामना व्यक्त गरेको छ ।

नेकपा सरकारका भ्रष्ट, नालायक, अपराधीका संरक्षक मन्त्रीहरुलाई साग खेलकुदको रकमबाट दौरा सुरुवाल खरीद गर्नुले देशकै बदनाम भएको ठहर सहित नेपाल तरुण दलको ध्यान आकर्षण भएको दलका केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । ५१ स्वर्ण पदक, रजत ६० र कास्य ९५ पदक जित्न सफल नेपाली होनाहार खेलाडीहरुलाई शुटिङ, साईक्लिङ, स्वीमिङ लगायतमा खेलकुदका सामाग्री प्रदान गर्न नसक्ने खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले मन्त्रीहरुको चाकरीको लागि दौरा सुरुवाल उपलब्ध गराउनु लाजमर्दो भएको तरुण दलले महसुस गरेको बताईएको छ ।

पदक जित्ने खेलाडीहरुलाई देशको ईज्जत बचाउन महत्वपूर्ण भूमिका खेल्नुभएकोमा हार्दिक धन्यबाद दिँदै उहाँहरुमा स्वर्ण पदक जित्ने प्रत्येकलाई २५ लाख, रजत पदक जित्नेलाई १५ लाख र कास्य पदक जित्ने प्रत्येकलाई १० लाखका दरले पुरस्कारको व्यवस्था गरेर खेलाडी र खेलप्रति सम्मान गर्न सरकार र खेलकुद परिषद संग दल जोड्दार माग तरुण दलको छ । खेलाडीका प्रशिक्षकलाई कम भत्ता दिनु, अन्तराष्ट्रिय स्तरको खेलकुदमा स्वर्ण पदक जित्नुहुने खेलाडीलाई पुरानो निजि साईकलबाट प्रतिष्पर्धामा भाग लिन बाध्य पार्नुलाई ध्यान नदिई दौरा सुरुवाल खरिद गर्नतिर ध्यान दिनु लज्जास्पद मात्र नभएर सामान्य नैतिकता भन्दा बाहिरको जति निन्दा गरेपनि कम नै हुने निन्दनीय कार्य भएको तरुण दलको ठहर छ ।

साग खेलकुदमा खेलाडी र प्रशिक्षकको सेवा र सुविधामा भ्रष्टचार गर्ने खेलकुद परिषदका सदस्य सचिव एवं खेलकुद मन्त्रीलाई अविलम्ब बर्खास्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरी कारवाही गर्न दल जोड्दार माग गर्दछ । साथै साग खेलकुद प्रतियोगिताको टिकट बेच्ने जिम्मेवारी (बिना टेण्डर) प्राप्त गरेको ईसेवाले टिकट बिक्री वितरणमा ठगी धन्दा संचालन गरेको प्रति दल खेद प्रकट गर्दछ र उक्त कम्पनी माथि छानबिनको प्रकिृया सुरु गरी कारवाहीको दायरामा ल्याउन दल माग गर्दछ ।
जनताले जिवन नै धान्न नसक्ने गरी कर बृद्धी, महंगी बृद्धी, वाईडबडी भ्रष्टचार, न्यारोबडी, ३८ सय कुईन्टल सुन काण्ड, बालुवाटारको जग्गा प्रकरण, टेलिकम फोरजी काण्ड, निर्मला पन्त बलात्कार र हत्या काण्ड लगायतका काण्डै काण्ड मच्चाउँदै आएको ओली सरकार अन्तिममा दौरासुरुवाल काण्डमा आएर अल्मलिएको नेपाल तरुण दलले बुझेको बताईएको छ । यसका साथसाथै कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतले मिच्दा समेत नबोल्ने दुईतिहाई मतको केपी ओली सरकारका काण्डहरुको लेखाजोखा तरुण दलले राखेको र सरकार नसुध्रिएमा सरकारका विरुद्ध नेपाल तरुण दलले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिन तरुण दलको छ ।