खेलकुद

प्रधानमन्त्री ओलीले डाके साग पदक विजेता खेलाडीलाई बालुवाटारः सम्मान स्वरुप सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओलीले दक्षिण एसियाली खेलकुद सागमा विजेता खेलाडीलाई बालुवाटार बोलाएका छन् ।

हिजो खेल समापन पछि बधाई दिँदै सागमा विजेता खेलाडी प्रशिक्षक लगाएतलाई बालुवाटार आमन्त्रण गरेका थिए । मा पदक जित्ने खेलाडीलाई ओलीले आज (बुधबार) सम्बोधन गर्दै छन् ।

उनले दिउँसो सवा २ बजे विजेता खेलाडीलाई बधाइ दिन तथा सम्बोधनका लागि बालुवाटार आमन्त्रण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । उनले आज नै खेलाडीलाई प्रोत्साहन प्याकेजको घोषणा गर्नेछन् ।

१३ औं सागमा नेपालले ५१ स्वर्ण जित्दै उत्कृष्ट प्रदर्शन गरेको छ । प्रधानमन्त्री ओलीले हिजो साग समापन समारोहलाई भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै सबैलाई धन्यवाद दिएका थिए । नेपालले सागमा ५१ स्वर्ण पदक जितेको थियो ।