समाचार

भारतिय प्रधानमन्त्री मोदीद्वारा नेपालिमाथिको अत्याचारले हिटलरको झल्को दियोः खगेन्द्र संग्रौला

काठमाडौं । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले नेपाली भुमिमिच्दै नेपालिमाथिको अत्याचारले भारतको प्रधानमन्त्री मोदी राजले यहुदी विनाशक हिटलरको झल्को दिएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटर मार्फत साहित्यकार संग्रौलाले यस्तो उल्लेख गरेका छन् । साथै उनले यो मानवताविरोधी अपराधविरूध्द बोल्दा नेपालका मौसमी मानवअधिकारवादी, लेखक र पत्रकारहरूलाई पापै लाग्ने त होइन होला भन्दै व्यंज्ञ पनि गरेका छन् । साथै उनले ट्वीट मार्फत भारतिय प्रधानमन्त्री मोदिको खुलेर बिरोध गरेका छन् ।

 

उनको ट्वीटरः यो आततायी अत्याचार मार्फत भारतको उन्मादी मोदी राजले यहुदी विनाशक हिटलरको झल्को दियो । यो मानवताविरोधी अपराधविरूध्द बोल्दा यताका हाम्रा मौसमी मानवअधिकारवादी,लेखक र पत्रकारहरूलाई पापै लाग्ने त होइन होला,मान्यवररुनश्लीय हिन्दु मूढमति मोदी आतङ्क  मुर्दावाद  !