अन्तर्राष्ट्रिय

नोभेम्बरमा चीनको उपभोग मूल्य गत बर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि

एजेन्सी । नोभेम्बरमा चिनियाँ नागरिकहरूको उपभोग मूल्य अर्थात् सीपीआई गत बर्षको तुलनामा ४.५५ प्रतिशतले वृद्धि भएको छ ।

चिनियाँ राष्ट्रिय तथ्याङ्क विभागले मङ्गलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार खाद्यपदार्थको मूल्य १९.१५ प्रतिशतले वृद्धि भएको छ । साथै अरू सामानको मूल्य १५ प्रतिशतले वृद्धि भएको तथ्याङ्कमा उल्लेख छ ।

गत बर्षको नोभेम्बरको तुलनामा चीनमा उपभोग्य सामानहरूको मूल्य ६.५५ प्रतिशत र सेवाको मूल्य १.२५ प्रतिशतले वृद्धि भएको छ । विशेष गरी गत बर्षको मूल्यको तुलनामा सुङ्गुरको मासुको मूल्य दुई गुणाले वृद्धि भएको छ र फलको मूल्य घटेको जनाइएको छ ।

चीनका राज्य परिषदको परामर्श विभागका विज्ञ याउ चीङ युआन तथा चाङ लि छ्युनले यस बर्ष सी पि आईको विकास स्थिर हुने विश्वास व्यक्त गरेका छन् ।