खेलकुद

पूर्वराजा शाहको साग खेलप्रति चासो, नेपालको ऐतिहासिक जीतप्रति उनले यस्तो भने..

काठमाडौं । मंगलबार साँझ भुटानविरुद्ध नेपालले २-१ अग्रता लिँदै पुरुष फुटबलतर्फ स्वर्ण पदक हात पारेसँगै देशभर ऐतिहासिक ५१ स्वर्णसहितको जीतको उल्लासमय वातावरण सिर्जना भएको छ ।

यसैबीच पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालले खेल क्षेत्रमा गर्दै आएको विकासप्रति शुभकामना व्यक्त गरेका छन् । उनले आफ्नो शुभकामना सन्देशमा भनेका छन्- यसपालीको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा नेपालले हासिल गरेको उत्कृष्ट परिणाम मलाई अत्यन्त खुसी लागेको छ । यो उपलब्धिका लागि समस्त सहभागी खेलाडीहरुलाई बधाई दिन चाहन्छु । आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रमा अझ बढी उपलब्धि हासिल भई रहोस् भन्ने मेरो कामना रहेको छ । साथै १३ औँ साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक एवम् व्यवस्थापक सबैप्रति पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु ।”