प्रदेश 2

वीरगन्ज महानगरपालिकाका सबै वडाहरुमा योग शिविर चलाउने उदघोष

पर्सा । वीरगन्जको बिर्तामा महानगर स्तरिय योग विद्यालयको उदघाटन भएको छ । एक कार्यक्रमबीच वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले उक्त विद्यालयको उदघाटन गरेका हुन् 

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गरे । योग गुरु स्वामि रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योगदिवस मनाइ रहेको बताउँदै नगर सरावगीले महानगरबासिलाई निरोग बनाउन सबै वडाहरुमा योग शिविर चलाउन अनुरोध गरे ।

उनले महानगरपालिकाको सहयोग र पंतजली योग समिति पर्साको सहकार्यमा स्थापना भएको यो विद्यालयलाई अझ व्यवस्थित गर्न आफुबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । नगर प्रमुख सरावगीले सम्पुर्ण महानगरवासिमा योगको बारे जनचेतना जगाउदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताए ।

पंतजली योग समिति पर्साका जिल्ला अध्यक्ष नसिब लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगन्ज महानगरापलिका शिक्षा माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण, उधोगपति अशोक टेमानी, योगगुरु भिम प्रसाद शर्राफ, र पंतजली योग समिति प्रदेश नम्बर २का महासचिव किशोरी प्रसाद कलवार लगायतका व्यक्तिहरुले योग विद्यालय स्थापनामा महानगपालिकाबाट भएको सहयोगको लागी धन्यवाद व्यक्त गर्दै पंतजली योग समिती पर्साको सहकार्यमा महानगरपालिकाको सबै वडाहरुमा क्रमश योग शिविर संचालन गर्ने कुरामा जोड दिएका थिए ।