प्रदेश 2

लागु औषध सहित एकजना पक्राउ

पर्सा ।  सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा प्रहरीले एक व्यक्तिलाई लागुऔषद सहित पक्राउ गरेको छ ।

प्रहरी चौकी गण्डक पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा. वडा नं.१४ गण्डक चौक स्थित सडकमा जितपुरतर्फबाट बीरगंज तर्फ साईकल चलाई आउदै गरेको अवस्थामा रामबालक वैठा पक्राउ परेका हुन् ।

६० वर्षीय  वैठाको साथबाट  चरेश ११ किलो ८०० ग्राम फेला परेकोले सो लागु औषध र साईकल सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।