पु.समाचार

अमेरिकामा पत्रकारद्वारा द्य स्व विनय कु कसजु तथा स्व विनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण

एजेन्सी । अमेरिकाको डिसी महानगर क्षेत्रको बाल्टिमोरमा हालसालै दिवंगत हुनु भएका वरिष्ठ पत्रकार द्वय स्व बिनय कु कसजु तथा स्व बिनय गुरुवाचार्य प्रति श्रद्धान्जली अर्पण गरिएको छ ।

मेरिल्याण्ड राज्यको बाल्टिमोर स्थित नेपाल हाउस(चमेनागृह)मा अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल (ईञ्जा )ले डिसी महानगर क्षेत्रका सामाजिक अभियन्ता ,संचारकर्मी तथा समुदाय सदस्यहरुको उपस्थितिमा नेपाली भाषा-साहित्य, पत्रकारिता र संचार जगतका दुई धरोहरहरु स्व कसजु तथा स्व गुरुवाचार्य प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरेको छ ।

ईञ्जाले पहिलो पटक बाल्टिमोरमा कार्यक्रमको आयोजना गरेको हो । उक्त श्रद्धान्जली सभामा स्व कसजु तथा स्व गुरुवाचार्यको बारेमा संक्षेपमा वहाहरुको परिचय ,समाज र पत्रकारिता जगतमा वहाहरुले गरेका योगदानको बारेमा ईञ्जाका अध्यक्ष गुणराज लुइँटेलले चर्चा गरेका थिए ।

दिवंगत हुने स्व कसजु तथा स्व गुरुवाचार्यको लागि नेपाल तथा अन्य मुलूकबाट वहाहरुलाई श्रद्धान्जली अर्पण गर्दै वहाहरुको बारेमा सन्देश पठाईएको अडियो (श्रब्य) भिडियो (श्रब्य दृश्य )समेत प्रस्तुत गरेका थिए ।

पत्रकारिता पेशाका स्थापित तथा चर्चित पत्रकारहरु तीर्थ कोइराला ,कपिल काफ्ले ,ध्रुबहरि अधिकारी, रामकृष्ण रेग्मी, बेल्जियमबाट लक्ष्मण देबकोटाले दुवै जनाको बारेमा पत्रकारितामा वहाहरुको भूमिका ,योगदान र वहाहरुको बहुआयमिक व्यक्तित्वको बारेमा संक्षेपमा चर्चा गर्नु भएको श्रब्य दृश्य (भिडियो )प्रस्तुत गरिएको थियो ।

पत्रकार तीर्थ कोइरालाले दुवैको बारेमा चर्चा गर्दै गुरुवाचार्य कुनै पनि समाचारलाई ३ श्रोत संग निश्चित (प्रमाणित )गरे पछि मात्र समाचार लेख्ने बताउनु भएको थियो । कसजू चेतनाले भरिएको मानिस ,पाल्पामा गएर घर मै भेटेको स्मरण गर्दै ग्रामिण पत्रकारिताको बिकासमा उहाको योगदानको बारेमा चर्चा गरेका थिए ।

यसै बेल्जियमबाट पत्रकार लक्ष्मण देबकोटाले कसजूले केन्द्रमुखी पत्रकारितालाई ग्रामिणमुखि बनाउन सफल भए । स्व कसजु कम बोल्ने र लेख्दा खेरि रुवाउन सक्ने ,हसाउन सक्ने क्षमता भएको बताए ।

यसै गरि ईञ्जाका संरक्षक योगेश उपाध्यायले दुवैको चर्चा गर्नु भएता पनि कसजुलाई नजिकबाट चिनेको बताए । यसै गरि ईञ्जाका सल्लाहकार हरि अधिकारीले लुम्बिनी अञ्चलबाट लेख्ने पत्रकारहरु मध्ये स्व कसजु लेखनमा सर्व श्रेष्ठ हुनु हुन्थ्यो भने ।

यसै गरि बाल्टिमोरका पत्रकार सतिस चापागाई स्वयम् पाल्पाको भएकोले पाल्पामा छापाखाना लगेर चलाए । र वहा सत्य भन्ने साप्ताहिक पत्रिका संचालन गर्नु हुन्थ्यो भनि जानकारी दिए। स्व कसजु कम बोल्ने ,वहासंग व्यक्तिगत तालिम पनि आफुले लिएको र अमेरिका आउनु अगाडी भेटेको बताए ।

यसै गरि महा बाणिज्यदुत प्रेम राजा महत लगायत अन्य विभिन्न संघ/संस्थाका नेतृत्व/ प्रतिनिधि/संचारकर्मीहरुले पनि वहाहरुको बारेमा बोल्दै भावपूर्ण श्रद्धान्जली अर्पण गरे ।

कार्यक्रममा संक्षेपमा ईञ्जाका सदर मुकामका वरिष्ठ उपाध्यक्ष सुनिल दाहालले संस्थाको बारेमा परिचय,उद्धेश्य र भावी योजना बारेमा चर्चा गर्नु भएको थियो भने कार्यक्रम संचालन ईञ्जाका वरिष्ठ उपाध्यक्ष (ग्लोबल,बिश्व)बिष्णु शीतलले संचालन गरे ।