पर्यटन/संस्कृति

प्रख्यात निर्णायक मण्डलद्वारा छनोट गरी कृष्णा ताम्राकारलाई “कम्यूनिकेटर अवार्ड ”

काठमाडौं । नेपाल टोस्टमास्टर्सको वार्षिक सम्मेलन गत वर्ष यो समुदायमा भएको विशाल वृद्धिको प्रतिबिम्ब थियो । नेपालभरका ३५० जना सदस्यहरुले ३० वटा क्लबको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी भएका थिए । यी सहभागीहरुले विभिन्न समुदायको क्लबहरु, कम्पनीहरु, व्यवसायिक संगठन, र शिक्षक संस्थाहरुको प्रतिनिधित्व गरेका थिए ।

टोस्टमास्टर्स इन्टरनेशनलका अन्तर्राष्ट्रिय प्रेसिडेन्ट दीपक मेनन, डीटीएमले सम्मेलनमा आफ्नो मुख्य टिप्पणीहरू दिए । नेपाल टोस्टमास्टर्सले कृष्णा ताम्राकारलाई कम्यूनिकेटर अवार्ड २०१९ द्वारा सम्मानित गरेको छ । ८२ वर्षिया ताम्राकार अझै पनि दुईवटा एफएम कार्यक्रम चलाउछिन् । उनी एक क्यान्सर सर्भाइभर हुन् र क्यान्सरसम्बन्धी जनचेतनाका लागि “आशा” भन्ने रेडियो कार्यक्रम चलाउछिन् । उनी ३१ वर्षसम्म रेडियो नेपालको आवाज थिइन र धेरैले उनको प्रसिद्ध शुरुवात याद गर्दछन्- “यो रेडियो नेपाल हो, अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस् ।” यो अवार्ड हरेक वर्ष एक जना गैर–टोस्टमास्टर्स सदस्यलाई उनको देशप्रति सञ्चार र नेतृत्वको योगदानका लागि सम्मान गर्दै प्रदान गरिन्छ ।

इभ्यालुयशन एण्ड ह्युमरसका प्रतिस्पर्धीहरुले फाइनल राउण्डका लागि प्रप्रतिष्पर्धा  गरेका थिए र सम्बन्धित विजेताहरु पनि घोषित भइसकेका छन् । इभ्यालुयशन प्रतियोगिताको विजेता कुशुम टोस्टमास्टर्स क्लबबाट प्रिया चापागाँइ भएकी छिन् भने ह्युमरस स्पीच कन्टेस्टीकी विजेता लक्ष्मी बैंक टोस्टमास्टर्स क्लबकी कुष्मा केसी भएकी छिन् । यी दुवै एरिया ए५ का टोस्टमास्टर्स हुन् । यी दुवै विजेता भारतको नयाँ दिल्लीमा मेई २०२० मा आयोजना हुने डिस्ट्रीक लेबल कन्टेस्टमा सहभागी हुनेछन् । यी प्रतियोगिता टोस्टमास्टर्स इन्टरनेशनलले तोकेको निर्देशन अनुसार आयोजना गरिएको छ जसले वल्र्ड च्याम्पेनसीप अफ पब्लिक स्पीकिङ्ग पनि आयोजना गर्दछ ।

कार्यक्रममा “सञ्चारको माध्यमबाट नेतृत्व” भन्ने विषयमा प्यानल छलफल पनि राखिएको थियो जसमा प्यानलिस्ट सुमन शाक्य डीटीएम, रञ्जीत आचार्य डीटीएम, जेनिफर घोष डीटीएम र इन्टरनेशनल प्रेसिडेन्ट दीपक मेनन डीटीएम थिए । यो छलफल मून प्रधान, डीटीएमले संचालन गरेका थिए । टोस्टमास्टर्सको बढ्ढो प्रभावको बारेमा डीटीएम आचार्यले भने, “ हामी डिस्ट्रीक र त्यस भन्दा अधिक क्रस परागण सृजना गर्दछौं । नेपालमा प्रभावशाली मूल्यांकन र परामर्श कार्यक्रमहरु संचालन भइरहेका छन् ।”

डीटीएम शाक्यले भने, “यदि हामीले आधारभूत कुराहरु सही गर्यौ भने सबै कुराहरु राम्रो हुन्छन् । यदि नेपालका लागि मापदण्डसहित क्लब संचालन सही ढंगबाट भयो भने यो देश बाहिर पनि रेप्लिकेट गर्न सकिन्छ ।” कार्यक्रममा Inkspireको दोस्रो अंक, नेपाल टोस्टमासटर्स, डिभिजना ए, डिस्ट्रिक ४१ को न्यूजलेटर पनि सार्वजनिक गरिएको थियो। कार्यक्रममा टोस्टमास्टर्सहरुले संगीतिक र सांस्कृतिक प्रतिभाहरु प्रदर्शन गरेका थिए ।