पु.समाचार

नेपाली सेनाको छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । आज जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्डािमा विभिन्ना मिडियाका सञ्चाद्दरकर्मीहरु र नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको उपस्थितीमा ूनेपाल भ्रमण वर्ष(२०२०) नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं(तराईरमधेश द्रुतमार्ग सडक आयोजना र नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा जानकारी दिनको लागि सञ्चा लन गरेको एक दिने छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्नन भएको छ ।

उक्त कार्यक्रममा स्वागत मन्तव्य राख्दै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी विज्ञान देव पाण्डेले नेपाल भ्रमण वर्ष(२०२०) नेपाल सरकारको मात्र लक्ष्य र कार्यक्रम नभई हामी सबैको साझा कार्यक्रम भएको बताए । करिब २० लाख पर्यटक भित्र्याउने र नेपालको अर्थतन्त्रलाई ठोस र सकारात्मक योगदान पुर्याुउने कार्यमा हामी सबैको साझा प्रयत्नन आवश्यक रहेको बताए । मन्तव्यको क्रममा उनले नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधिन काठमाडौं तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको कार्य प्रगति साथै नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा संक्षिप्ती जानकारी गराए।

तत्पश्चाएत् नेपाल भ्रमण वर्ष २०२० कार्यक्रमलाई सफल तुल्याउन नेपाली सेनाले गर्ने कार्यक्रम, काठमाडौं तराई र मधेश द्रुतमार्ग सडक आयोजनाको हालसम्मको कार्य प्रगति र निकट भविष्यमा नेपाली सेनाले आयोजना गर्न लागेको सैनिक विज्ञान तथा प्रविधि प्रतियोगिताको बारेमा सम्बन्धित रथीवृन्द तथा अधिकृत प्रतिनिधिहरुबाट प्रस्तुतिकरणमार्फत जानकारी गराइएको थियो ।

उक्त कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका प्रतिनिधिहरु, नेपाल भ्रमण वर्ष २०२०ू मुल कार्यसमितिका प्रतिनिधि, विभिन्न मिडियाका सञ्चायरकर्मीहरु तथा नेपाली सेनाका अधिकृतहरुको सहभागिता रहेको थियो । कार्यक्रमबाट सञ्चािरकर्मी, आम नागरिक र नेपाली सेना बीचको आपसी सम्बन्ध अभिवृद्धि गर्न अझ टेवा पुग्ने विश्वायस नेपाली सेनाले लिएको छ ।