राजनीति

राष्ट्रपति भण्डारीले गरिन संसद बैठक आह्वान

काठमाडौं । राष्ट्रपति कार्यलयले  पुष ४ गतेका लागि संसद बैठक आह्वान गरेको छ । आज(मंगलबार) राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुष ४ गते दिउँसो ४ बजे बस्ने गरी बैठक आह्वान गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता हरि प्रसाद दाहालले जानकारी दिए ।  । 

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वर, काठमाडौंमा संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यलयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ  ।

संसदको चौथो अधिवेशन गत असोज २ गते सकिएको थियो । संसद अधिवेशन सकिएलगत्तै तत्कालिन सभामुख कृष्णबहादुर महरा जवर्जस्ती करणी उद्योगमा मुछिएपछि राजीनामा दिएक थिए । हाल प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख नहुँदा उपसभामुखको अध्यक्षतामा बैठक बस्ने सक्ने प्रावधान छ । 

अब बस्ने प्रतिनिधिसभा बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाम्फेले गर्नेछिन् । संसद सञ्चालनमा आएपछि नयाँ सभामुख चयनको प्रक्रिया अघि बढाउन बाटो खुल्नेछ ।